ब्याटल जितेर सन्दिप राई सिधै नकाउटमा

६ जेष्ठ २०७८, बिहीबार २१:०२

मकवानपुर, ६ जेठ । शोलुखुम्बुका सन्दिप राई द भोईस अफ नेपाल सिजन ३ को ब्याटल राउण्डबाट नकआउट राउण्डका लागि छानिएका छन् । उनी नकाउटका लागि छानिएका तिसौँ प्रतियोगी हुन् । उनले ब्याटल राउण्डमा टिम राजुकै कुशल श्रेष्ठसँग कडा प्रतिस्पर्धा गरेका थिए । उनीहरुले ‘नचाहेको होईन तिमीलाई’ बोलको गीतमा कडा प्रतिस्पर्धा गरेका थिए । कोचले उनीहरुमध्ये सन्दिपलाई नकआउट राउण्डका लागि छनौट गरेका थिए । सन्दिप स्टेजमा स्याण्डी राईका नामले परिचित छन् ।

उनी सिजन ३ मा चारै जना कोचहरुलाई आफुतर्फ फर्काउन सफल चौथो प्रतियोगी पनि हुन् । उनी कोच राजुको टिममा छन् । शोलुखुम्बुका स्याण्डी अहिले संगीत सिक्दै छन् । परिवार नै व्यवसायमा गर्ने भएता पनि स्याण्डीलाई संगीत नै प्यारो लाग्छ । टेलर स्विफ्टलाई प्रेरणाको श्रोत मान्ने उनी गीतकार समेत हुन् । उनलाई गायन क्षेत्रमा लाग्न उनको परिवारको पनि साथ छ । उनी संगीतकार बन्ने लक्ष्यका साथ अघि बढेका छन् । हेर्नुहोस् भिडियो सामग्री–


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*