पाल्पाका कुशल श्रेष्ठ नकाउटमा

६ जेष्ठ २०७८, बिहीबार २०:५६

मकवानपुर, ६ जेठ । ब्याटल राउण्डमा स्टिल हुँदै पाल्पाका कुशल श्रेष्ठ नकाउट राउण्डमा प्रवेश गरेका छन् । कुशल द भोईस अफ नेपाल सिजन ३ को ब्याटल राउण्डबाट नकआउट राउण्डका लागि छानिएका एकतिसौँ प्रतियोगी हुन् । उनले ब्याटल राउण्डमा टिम राजुकै सन्दिप राईसँग कडा प्रतिस्पर्धा गरेका थिए । उनीहरुले ‘नचाहेको होईन तिमीलाई’ बोलको गीतमा कडा प्रतिस्पर्धा गरेका थिए । कोचले उनीहरुमध्ये सन्दिपलाई नकआउट राउण्डका लागि छनौट गरेपछि कुशल संकटमा परेका थिए ।

तर दमदार प्रस्तुति दिएका कुशललाई कोच दिपले स्टील गरेका छन् । स्टिलसँगै यसअघि कोच राजुको टिममा रहेका कुशल अब कोच दिपको टिममा छन् । कुशल सिजन ३ मा चारै जना कोचलाई आफुतर्फ फर्काउन सफल छैटौँ प्रतियोगी पनि हुन् । ३१ वर्षीय कुशल पाल्पाका हुन् । उनी हाल बसुन्धारामा बस्छन् । हालसम्म औपचारिक रुपमा संगीत नसिकेता पनि उनी सेल्फ लर्निङकै भरमा साँगितिक क्षेत्रमा अगाडि बढिरहेका छन् । सानोमा मामाहरुबाट गीत गाउन प्रेरणा पाएका कुशलले चारै जना कोचहरुको मन जित्दै आएका छन् । हेर्नुहोस् भिडियो सामग्री–


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*