नकआउटमा भिड्दै सुनिल थापा मगर

६ जेष्ठ २०७८, बिहीबार २०:४९

मकवानपुर, ६ जेठ । द भोईस अफ नेपाल सिजन ३ का चर्चित प्रतियोगी सुनिल थापा मगर नकआउट राउण्डमा भिड्दै छन् । उनी ब्याटल राउण्डबाट नकआउट राउण्डका लागि छानिएका बत्तिसौँ प्रतियोगी हुन् । उनले ब्याटल राउण्डमा टिम दिपकै शोभा तामाङसँग प्रतिस्पर्धा गरेका थिए । उनीहरुले ‘कोरेर प्रेमपत्र’ बोलको गीतमा कडा प्रतिस्पर्धा गरेका थिए । कोचले उनीहरुमध्ये सुनिललाई नकआउट राउण्डका लागि छनौट गरेपछि शोभा शोबाट बाहिरिएकी छिन् । सुनिल द भोईस अफ नेपाल सिजन ३ मा चारै जना कोचलाई आफुतर्फ फर्काउन सफल दोस्रो प्रतियोगी पनि हुन् । उनी कोच दिपको टिममा छन् ।

२९ वर्षीय सुनिल नुवाकोट निवासी हुन् । मगर संस्कृतिको विभिन्न पक्षहरुलाई पछ्याउँदै हुर्र्किएका सुनिलले घाटु, सोरठी लगायतका संस्कृतिबाटै संगीत क्षेत्रमा लाग्ने प्रेरणा पाएका हुन् । किसानको परिवारमा हुर्किएका सुनिललाई उनको परिवारले पढेर राम्रो सरकारी जागिरमा लाग्न सल्लाह दिएका थिए तर उनलाई भने संगीतमै रुचि भएकोले उनी सांगितिक क्षेत्रमै लागेका हुन् । अहिले भने उनको परिवारले पनि उनलाई गायन क्षेत्रमा लाग्न प्रेरणा दिएका छन् । हेर्नुहोस् भिडियो सामग्री–


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*