सरोज सिंखडा र सिता घिमिरेले जिते दोहोरी ब्याटल

३ जेष्ठ २०७८, सोमबार २०:३५
Featured Video Play Icon

मकवानपुर, ३ जेठ । चर्चित दोहोरी रियालिटी शो ‘दोहोरी च्याम्पियन’ को नवौँ दोहोरी भिडन्त सरोज सिंखडा र सिता घिमिरेको टिमले जितेको छ । १२ समूहको दोहोरी भिडन्त अन्तर्गत शनिबार भएको नवौँ दोहोरी भिडन्तमा सरोज र सिताको जोडीले सुनिता बुढा र मानसिंह खड्काको जोडीसँग प्रतिस्पर्धा गरेका थिए । उनीहरुको प्रस्तुतिपश्चात हरेक निर्णायकहरुले २०० पूर्णाङ्कमा उनीहरुलाई अंक प्रदान गरेका थिए । सोही अंकहरुका आधारमा सरोज र सिताले मानसिंह र सुनिताकोभन्दा बढी अंक ल्याएपछि उनीहरुको टिम विजयी भएको हो । विजयी भएसँगै उनीहरु उत्कृष्ट १२ मा पुगेका छन् ।

सरोज र सिताको जोडीलाई निर्णायक चन्द्र शर्माले १४०.५ अंक, निर्णायक रमेश बिजीले १४५ अंक, निर्णायक सिता थापाले १४२ अंक र निर्णायक प्रजापति पराजुलीले १४८ अंक प्रदान गरेका थिए । यसरी उनीहरुले चारै जना निर्णायकहरुबाट गरी जम्मा ५७५.५ अंक प्राप्त गरेका थिए । त्यस्तै मानसिंह र सुनिताको जोडीलाई निर्णायक चन्द्र शर्माले १४० अंक, निर्णायक रमेश बिजीले १४४ अंक, निर्णायक सिता थापाले १४१.५ अंक र निर्णायक प्रजापति पराजुलीले १४७ अंक प्रदान गरेका थिए । यसरी उनीहरुले चारै जना निर्णायकबाट गरी जम्मा ५७२.५ अंक प्राप्त गरेका थिए । मानसिंह र सुनितालाई सरोज र सिताले जम्मा ३ अंकले पछाडि पारेका हुन् । दोहोरी भिडन्तमा मानसिंह र सिताले ‘छिनको छिनैमा’ भाकामा तथा सुनिता र सरोजले ‘तिम्रै झल्को तिम्रै तिर्सना’ भाकामा दोहोरी खेलेका थिए । उनीहरुलाई दोहोरीमा संगम गुरुङ गोर्खाली, रविन गुरुङ, पुजा पुरी र रुपी सिंजाली मगरले साथ दिएका थिए ।

सरोज र सितालाई निर्णायकहरुले निक्कै प्रशंसा गरेका थिए । सिता र मानसिंह दोहोरीमा लगभग उस्तै भिडेता पनि सरोज र सुनिताको भने निर्णायकहरुले खुलेर प्रशंसा गरेका थिए । सरोजले अन्य समयमा भन्दा यस दोहोरी भिडन्तमा राम्रो गाएको भन्दै निर्णायकहरुले चर्चा गरेका थिए । सिता र सरोज लाईभ दोहोरीमा चर्चित छन् । सीता पाल्पाकी र सरोज धादिङका हुन् । सरोज संयोगका नामले पनि परिचित छन् । हेर्नुहोस् भिडियो सामग्री–


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*