नवौँ दोहोरी भिडन्त कसले जित्ला ?

१ जेष्ठ २०७८, शनिबार १६:३२
Featured Video Play Icon

मकवानपुर, १ जेठ । चर्चित दोहोरी रियालिटी शो ‘दोहोरी च्याम्पियन’ को दशौँ एपिसोड शनिबार प्रसारण हुँदैछ । उत्कृष्ट २४ छानिएपछिको यो नवौँ दोहोरी भिडन्त हो । शनिबारको दोहोरी भिडन्तमा सरोज सिंखडा र सिता घिमिरेसँग सुनिता बुढा र मानसिंह खड्काले प्रतिस्पर्धा गर्दैछन् । यी दुबै जोडीहरु गायक गायिकाकै रुपमा चिनिएका र लाईभ दोहोरीमा दर्शकहरुको मन जित्न सफल जोडीहरु हुन् । दुबै टिम बलियो भएकोले एकअर्कालाई पछि पार्न यो जोडीहरुको दमदार दोहोरी भिडन्त हुनेछ । प्रोमो सार्वजनिक भएदेखि नै मानसिंह र सुनिताको जोडी बलियो देखिएको भएता पनि उनीहरुलाई सरोज र सिताको जोडीले कडा प्रतिस्पर्धा दिनेछन् । तसर्थ प्रतिस्पर्धा निक्कै दमदार हुने दर्शकहरुको अपेक्षा छ । यी दुई जोडीको यो कडा प्रतिस्पर्धामा कसले बाजी मार्ला त ? आखिर को जानेछ उत्कृष्ट १२ मा ? तपाईको विचारमा यी दुई जोडीमध्ये कुन जोडीको जित्ने सम्भावना बलियो छ ? कृपया कमेन्ट गर्नुहोस् ।

मानसिंह खड्का र सुनिता बुढा दोहोरी च्याम्पियनको उत्कृष्ट २४ मा पुगेका पहिलो जोडी हुन् । फिजिकल अडिसनमा निर्णायकहरुले उनीहरुको प्रस्तुतिलाई मनपराउँदै दोहोरी च्याम्पियन बन्ने सम्भावना बोकेका जोडीका रुपमा उनीहरुको प्रशंसा गरेका थिए । उनीहरु लाईभ दोहोरीमा पनि चर्चित छन् । मानसिंह र सुनिता दुबै जना सुर्खेतका हुन् । त्यस्तै सीता घिमिरे र सरोज सिम्खडा दोहोरी च्याम्पियनको उत्कृष्ट २४ मा पुगेका दोस्रो जोडी हुन् । फिजिकल अडिसनमा निर्णायकहरुले उनीहरुको जोडीलाई र प्रस्तुतिलाई राम्रो भएको भन्दै थप सुधारका लागि सुझाव पनि दिएका थिए । उनीहरु लाईभ दोहोरीमा चर्चित छन् । सीता पाल्पाकी र सरोज धादिङका हुन् । सरोज सुयोगका नामले पनि परिचित छन् । हेर्नुहोस् भिडियो सामग्री–


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*