दर्शकको पहिलो रोजाई मानसिंह र सुनिता

१ जेष्ठ २०७८, शनिबार १६:२७
Featured Video Play Icon

मकवानपुर, १ जेठ । चर्चित दोहोरी रियालिटी शो ‘दोहोरी च्याम्पियन’ मा उत्कृष्ट २४ प्रतियोगीहरुको भिडन्त जारी छ । उत्कृष्ट २४ मा पुगेका सबै जोडीहरु प्रतिभाशाली र चर्चित छन् । उनीहरुमध्ये अधिकांश प्रतियोगीहरु चर्चित गायक गायिका नै भईसकेका प्रतियोगीहरु हुन् अनि केही प्रतियोगीहरु भने अहिले युट्युबमा लाईभ दोहोरीमार्फत सर्वाधिक चर्चामा आएका गायक गायिकाहरु हुन् । दोहोरी च्याम्पियनमा यो सामग्री तयार पार्दाको समयमा ८ जना जोडीहरु उत्कृष्ट १२ का लागि छनौट भईसकेका छन् भने यही शनिबार नवौँ जोडी उत्कृष्ट १२ का लागि छनौट हुँदैछन् । यी जोडीहरुमध्ये दर्शकहरुको रोजाईमा परेको सर्वाधिक चर्चित जोडी कुन होला ? तपाई हामी सबैलाई यसमा खुलदुली लाग्नसक्छ । यसको सजिलो जवाफ हो –‘सबै जोडीलाई दर्शकहरुले उत्तिकै मनपराउँछन् ।’ तर के तपाईलाई थाहा छ ? दोहोरी च्याम्पियनमा उत्कृष्ट २४ को दोहोरी भिडन्त सुरु भएदेखि नै दर्शकहरुले सबैभन्दा बढी सोधीखोजी गरेको जोडीको नाम मानसिंह खड्का र सुनिता बुढा हुन् । यस च्यानलमा अपलोड भएका अधिकांश भिडियोहरुमा दर्शकहरुले प्राय सोध्ने गरेको प्रश्न यही हो ‘मानसिंह र सुनिताको दोहोरी कहिले आउँछ ?’ अनि यसमा हाम्रो जवाफ हुन्थ्यो ‘सायद छिट्टै आउँला ।’ हो दर्शकहरुले सर्वाधिक रुचाएको यो जोडीको दोहोरी भिडन्त यही शनिबार प्रसारण हुँदैछ ।

यस च्यानलमा हामीले यसअघि मानसिंह र सुनिताका बारेमा एउटा भिडियो अपलोड गरेका थियौँ । उक्त भिडियोमा यो सामग्री तयार पार्दाको समयमा त्यस्ता धेरै कमेन्टहरु आएका छन् जसमध्ये २–४ वटा बाहेक सबै कमेन्टहरुमा मानसिंह र सुनिताको बारेमा दर्शकहरुले मन खोलेर तारिफ गरेका छन् । दर्शकहरुले धेरै समयदेखि उनीहरुको दोहोरी पर्खिरहेको भन्दै जिते पनि नजितेपनि उनीहरु नै आफुहरुको लागि दोहोरी च्याम्पियन भएको समेत बताएका छन् । कतिपयले उनीहरुलाई कर्णालीको गहना भनेका छन् भने कतिपयले उनीहरुको आवाजको तारिफ गरेका छन् । कतिपय दर्शकहरुले उनीहरुको दोहोरी हेर्न आतुर भएको भन्दै शनिबार कहिले आउँला जस्तो लागेको बताएका छन् । धेरै जसो दर्शकहरुले उनीहरु दुबै आफुहरुको फेभरेट जोडी भएको पनि बताएका छन् ।

आखिर किन दर्शकहरु मानसिंह र सुनिताको यत्ति धेरै प्रशंसा गरिरहेका छन् ? यस बारेमा दर्शकहरुलाई नै थाहा होला । तर प्रोमो सार्वजनिक भएसँगै दर्शकहरुको उनीहरुप्रतिको प्रेम देखेर आश्चर्यचकित हुनसक्ने अवस्था नै आएको छ । हुन त शनिबार सुनिता र मानसिंहले दोहोरी भिडन्त जितेर अघिल्लो राउण्ड अर्थात उत्कृष्ट १२ मा पुग्लान् वा नपुग्लान् थाहा छैन तर उनीहरुको क्रेज भने निक्कै देखिएको छ । हेर्नुहोस् भिडियो सामग्री–


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*