मानसिंह र सुनितालाई स्ट्याण्डिङ अवेशन ?

१ जेष्ठ २०७८, शनिबार १६:२१
Featured Video Play Icon

मकवानपुर, १ जेठ । चर्चित दोहोरी रियालिटी शो ‘दोहोरी च्याम्पियन’ को दशौँ एपिसोड शनिबार प्रसारण हुँदैछ । दशौँ एपिसोडमा उत्कृष्ट २४ मा पुगेकाहरुमध्ये नवौँ जोडीले दोहोरी भिडन्त गर्दैछन् । नवौँ दोहोरी भिडन्तमा गायक मानसिंह खड्का र गायिका सुनिता बुढासँग सिता घिमिरे र सुयोग सिम्खडाको जोडीको कडा प्रतिस्पर्धा हुँदैछ । यसैबिच एपिसोड १० को प्रोमो सार्वजनिक भएसँगै यसको चर्चा चुलिएको छ । प्रोमो अनुसार मानसिंह र सुनिताको जोडीलाई चारै जना निर्णायकहरुले स्टाण्डिङ अवेशन दिएको जस्तो देखिन्छ । तर वास्तविकता के हो ? यसको बारेमा शनिबार मात्र खुलाशा हुनेछ । प्रोमो अनुसार सुनिताले गीत गाईसकेपछि निर्णायक प्रजापति पराजुलीले आफुले पछिल्लो गीतमा खोट लाउने कुनै ठाउँ नभेटिएको बताउँछन् अनि चारै जना निर्णायकहरु उठेर ताली बजाईरहेका हुन्छन् ।

हुन त यो प्रोमो भएकोले निर्णायकहरु सुनिता र मानसिंहकै लागि उठेको भनेर दाबी गर्न सकिँदैन । अनि निर्णायकको प्रशंसा पनि सुनिता र मानसिंहकै लागि थियो भनेर दाबी गर्न सकिँदैन । तर प्रोमो सार्वजनिक भएसँगै दर्शक श्रोताले मानसिंह र सुनिताले नै दोहोरी भिडन्त जितेको अनुमान लाउँदै कमेन्टहरु गर्न थालेका छन् । जसका कारण आउँदो एपिसोड प्रसारण अगावै प्रोमोबाटै थप चर्चित बनेको छ । तर निर्णायकहरुले उठेर सम्मान गरेको सुनिता र मानसिंहको प्रस्तुतिलाई नभई शोका विशेष अतिथिलाई पनि हुनसक्छ । किनभने यो साता शोमा नेपालकै चर्चित अनि वरिष्ठ गायक कुमार बस्नेत विशेष अतिथिका रुपमा सहभागी हुँदैछन् ।

दोहोरी च्याम्पियनका विभिन्न एपिसोडहरु यतिखेर चर्चामा छन् । प्रोमो सार्वजनिक भएसँगै एपिसोड १० पनि चर्चामा आईसकेको छ । सुनिता र मानसिंह चर्चित गायक गायिकाका साथै लाईभ दोहोरीमा चर्चित भईसकेका प्रतियोगीहरु हुन् । मानसिंह र सुनिताको फिजिकल अडिसनको प्रस्तुति हेरेर निर्णायकहरुले दोहोरी च्याम्पियन बन्ने सम्भावना बोकेका जोडीका रुपमा उनीहरुको चर्चा गरेका थिए । मानसिंह र सुनिता दुबै जना सुर्खेतका हुन् । हेर्नुहोस् भिडियो सामग्री–


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*