दर्शक श्रोताको मन जित्दै रवि गहतराज

२८ बैशाख २०७८, मंगलवार १९:३८

मकवानपुर, २८ बैशाख । द भोईस अफ नेपाल सिजन ३ को ब्याटल राउण्डबाट नकआउट राउण्डका लागि छानिएका रवि गहतराज अहिले दर्शक र श्रोताको रोजाईमा छन् । उनी नकआउटका लागि छानिएका पच्चिसौँ प्रतियोगी हुन् । उनले ब्याटल राउण्डमा टिम प्रमोदकै सञ्जु मोक्तानसँग प्रतिस्पर्धा गरेका थिए । उनीहरुले ‘माया’ बोलको गीतमा कडा प्रतिस्पर्धा गरेका थिए । कोचले उनीहरुमध्ये रविलाई नकआउट राउण्डका लागि छनौट गरेपछि सञ्जु शोबाट बाहिरिएकी छिन् ।

रवि कोच प्रमोदको टिममा छन् । २७ वर्षीय रवि नाम्ची दक्षिण सिक्किमका हुन् । बिहान र बेलुका सँगीत अभ्यासमा बिताउने रवि दिउँसो पिडिएमा काम गर्छन् । घरबाट गायनमा सहयोग पाएका उनलाई बुवाआमा र बहिनीले पनि भोईसमा आउन सहयोग गरेका थिए । हेर्नुहोस् भिडियो सामग्री–


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*