भोईस अफ नेपालमा तहल्का मच्चाउँदै सिक्किमका नविन गजमेर

२८ बैशाख २०७८, मंगलवार १९:३२

मकवानपुर, २८ बैशाख । सिक्किमका नविन गजमेरले द भोईस अफ नेपाल सिजन ३ मा तहल्का मच्चाउँदैछन् । सिजन २ मा ब्याटलबाट बाहिरिएपनि चर्चाको शिखरमा पुगेका उनी तेस्रो सिजनमा टाईटल दाबेदारमध्येका एक हुन् । सिजन ३ को ब्याटल राउण्डबाट नकआउट राउण्डका लागि छानिएका छब्बिसौँ प्रतियोगी हुन् नविन गजमेर । उनले ब्याटल राउण्डमा टिम राजुकै योगेश लामासँग प्रतिस्पर्धा गरेका थिए । उनीहरुले ‘हल्ला चलेछ’ बोलको गीतमा कडा प्रतिस्पर्धा गरेका थिए । कोचले उनीहरुमध्ये नविनलाई नकआउट राउण्डका लागि छनौट गरेपछि योगेश शोबाट बाहिरिएका छन् ।

नविन द भोईस अफ नेपाल सिजन ३ को ब्लाईण्ड अडिसनमा चारै जना कोचहरुलाई आफुतर्फ फर्काउन सफल बाह्रौँ प्रतियोगी हुन् । उनी कोच राजुको टिममा छन् । सानोमा धेरै पटक राजु लामाको गीत गाउने गरेका नविन पश्चिम सिक्किमदेखि नेपाल आएका हुन् । उनी नेपाली भाषा र गीतसँगीतलाई निक्कै मन पराउँछन् । यसअघि सिजन २ मा ब्लाईन्ड अडिसनबाट उनी बाहिरिएका थिए । तेस्रो सिजनमा भने उनले चारै जना कोचहरु आफुतर्फ फर्काउन सफल मात्रै भएनन् बरु नकआउट राउण्डसम्मै पुगेका छन् । हेर्नुहोस् भिडियो सामग्री–


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*