अफ्रिता खड्गी नकआउटका लागि छनौट

२८ बैशाख २०७८, मंगलवार १९:२२

मकवानपुर, २८ बैशाख । बालाजुकी अफ्रिता खड्गी द भोईस अफ नेपाल सिजन ३ को ब्याटल राउण्डबाट नकआउट राउण्डका लागि छानिएकी छिन् । उनी नकआउटका लागि छानिएकी सत्ताईसौँ प्रतियोगी हुन् । उनले ब्याटल राउण्डमा टिम तृष्णाकै श्रेया रावल क्षेत्रीसँग प्रतिस्पर्धा गरेकी थिईन् । उनीहरुले ‘तिम्रो याद’ बोलको गीतमा कडा प्रतिस्पर्धा गरेका थिए । कोचले उनीहरुमध्ये अफ्रितालाई नकआउट राउण्डका लागि छनौट गरेपछि श्रेया शोबाट बाहिरिएकी छिन् ।

अफ्रिता कोच तृष्णाको टिममा छिन् । २६ वर्षीया अफ्रिता बालाजु निवासी हुन् । सानैदेखि संगीत क्षेत्रमा लागेकी अफ्रिता विशेष गरी वेष्टर्न गीतहरुमा रुचि राख्छिन् । अफ्रिता गायनका साथै आफ्नो आईकलरका कारण पनि चर्चामा छिन् । हेर्नुहोस् यो भिडियो सामग्री–


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*