सुरक्षा मल्ल नकआउटमा भिड्दै

२७ बैशाख २०७८, सोमबार २०:२१

मकवानपुर, २७ बैशाख । काठमाडौँकी सुरक्षा मल्ल द भोईस अफ नेपाल सिजन ३ को ब्याटल राउण्डबाट नकआउट राउण्डका लागि छानिएकी छिन् । उनी नकआउटका लागि छानिएकी उन्नाईसौँ प्रतियोगी हुन् । उनले ब्याटल राउण्डमा टिम तृष्णाकै सुमन नेपालीसँग प्रतिस्पर्धा गरेका थिए । उनीहरुले ‘तिमी आयौ’ बोलको गीतमा कडा प्रतिस्पर्धा गरेका थिए । कोचले उनीहरुमध्ये सुरक्षालाई नकआउट राउण्डका लागि छनौट गरेपछि सुमन शोबाट बाहिरिएका छन् ।

सुरक्षा कोच तृष्णाको टिममा छिन् । २४ वर्षीय सुरक्षा काठमाडौँ निवासी हुन् । सानैदेखि गीत गाउन सुरु गरेकी सुरक्षाले सानैदेखि आफ्नो दाजुसँगै गीत गाउन सिकेकी हुन् । गीतार सिक्दै गरेका दाईसँग सँगै गाउन थालेकी सुरक्षाले दाईलाई नै आफ्नो प्रेरणाको श्रोत भएको बताउँछिन् । आमाबुवाको पनि साथ पाएकी उनले दाजुसँगै गीत गाएर युट्युबबाट सार्वजनिक गरेकी थिईन् । युट्युबमा उनको गीतमा राम्रो कमेन्टहरु पाएपछि उनले सँगीत सिक्न अझ हौसला पाएको बताउँछिन् । हेर्नुहोस् भिडियो सामग्री–


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*