ब्याटल जित्दै नकआउटमा प्रिया गुरुङ

२७ बैशाख २०७८, सोमबार १७:४६

मकवानपुर, २७ बैशाख । पोखराकी प्रिया गुरुङ द भोईस अफ नेपाल सिजन ३ को ब्याटल राउण्डबाट नकआउट राउण्डका लागि छानिएकी छिन् । उनी नकआउटका लागि छानिएकी बिसौँ प्रतियोगी हुन् । उनले ब्याटल राउण्डमा टिम दिपकै उमेश क्षेत्रीसँग प्रतिस्पर्धा गरेका थिए । उनीहरुले ‘नबोली नबोली’ बोलको गीतमा कडा प्रतिस्पर्धा गरेका थिए । कोचले उनीहरुमध्ये प्रिया नकआउट राउण्डका लागि छनौट गरेपछि उमेश शोबाट बाहिरिएका छन् । प्रिया कोच दिपको टिममा छिन् ।

२४ वर्षिया प्रिया पोखरा निवासी हुन् । विवाहपश्चात सांगितिक क्षेत्रमा लागेकी प्रियाले एउटा ठूलो चुनौतिको पनि सामना गर्नुपर्यो । संगीत क्षेत्र र श्रीमानलाई छनौट गर्नुपर्ने अवस्थामा पुगेकी उनले कानुनी रुपमै श्रीमानसँगको नाताको अन्त्य गरिन् । श्रीमानलाई छोड्दा आफ्नो छोरालाई समेत श्रीमानसँगै छोड्न उनी बाध्य भईन् । तर उनले साँगितिक क्षेत्रमा केही गर्ने अठोट समेत लिएकी छिन् । हेर्नुहोस् भिडियो सामग्री–


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*