नकआउटका लागि छानिए विजय मगर

२७ बैशाख २०७८, सोमबार १७:४०

मकवानपुर, २७ बैशाख । धनकुटाका विजय मगर द भोईस अफ नेपाल सिजन ३ को ब्याटल राउण्डबाट नकआउट राउण्डका लागि छानिएका छन् । उनी नकआउटका लागि छानिएका एक्काईसौँ प्रतियोगी हुन् । उनले ब्याटल राउण्डमा टिम राजुकै कपिल पूनसँग प्रतिस्पर्धा गरेका थिए । उनीहरुले ‘दिन र रात’ बोलको गीतमा कडा प्रतिस्पर्धा गरेका थिए । कोचले उनीहरुमध्ये विजयलाई नकआउट राउण्डका लागि छनौट गरेपछि कपिल शोबाट बाहिरिएका छन् । विजय कोच राजुको टिममा छन् ।

धनकुटाको हिले बजारका विजय, विजय ठाडा मगरका नामले पनि चिनिन्छन् । सिम्फोनी ब्याण्डमा भोकलिष्ट समेत रहेका विजय सानैदेखि गायन क्षेत्रमा लाग्न प्रेरित भएका हुन् । गाउँमा रहेका स्थानीय ब्याण्डका अग्रजहरुबाट गीत गाउन प्रेरणा पाएका उनी सँगीतको क्षेत्रमै करियर बनाउन चाहान्छन् । हेर्नुहोस् भिडियो सामग्री–


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*