नकआउटमा भिड्दै किरण गजमेर

२७ बैशाख २०७८, सोमबार १७:३४

मकवानपुर, २७ बैशाख । द भोईस अफ नेपाल सिजन ३ का चर्चित प्रतियोगी किरण गजमेर नकआउटमा भिड्दैछन् । उनी ब्याटल राउण्डबाट नकआउट राउण्डका लागि छानिएका बाईसौँ प्रतियोगी हुन् । उनले ब्याटल राउण्डमा टिम प्रमोदकै सुरक्षा सेञ्चुरीसँग प्रतिस्पर्धा गरेका थिए । उनीहरुले ‘जनम जनम’ बोलको गीतमा कडा प्रतिस्पर्धा गरेका थिए । कोचले उनीहरुमध्ये किरणलाई नकआउट राउण्डका लागि छनौट गरेका थिए ।

किरण सिजन ३ मा चारै जना कोचहरुलाई आफुतर्फ फर्काउन सफल आठौँ प्रतियोगी हुन् । उनी कोच प्रमोदको टिममा छन् । २३ वर्षीय किरण बिगत १२ वर्षदेखि अमेरिकामै बसिरहेका छन् । अडिसनकै लागि नेपाल आएका किरण साँगितिक दुनियाँमै चर्चामा छन् । उनलाई चारै जना कोचहरुले निक्कै प्रशंसा गरेका थिए । नेपाली मुलको भुटानी शरणार्थी रहेका किरण आफु जन्मिएर हुर्किएको घरबाट विस्थापित भईसकेको भएता पनि नेपाललाई माया गर्छन् । शरणार्थी शिविरमै हुर्किएका किरणले सानैदेखि संघर्षपूर्ण जिन्दगी जिउन सिकेका छन् । सानैदेखि गीत गाउन थालेका किरणले भोईसमार्फत आफुलाई संसारभर चिनाउने लक्ष्य पनि राखेका छन् । हेर्नुहोस् भिडियो सामग्री–


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*