सुरक्षा सेञ्चुरी भोईस अफ नेपालको नकआउटमा

२७ बैशाख २०७८, सोमबार १७:२३

मकवानपुर, २७ बैशाख । दार्जिलिङकी सुरक्षा सेञ्चुरी द भोईस अफ नेपाल सिजन ३ को ब्याटल राउण्डबाट नकआउट राउण्डका लागि छानिएकी छानिएकी छिन् । उनले ब्याटल राउण्डमा टिम प्रमोदकै किरण गजमेरसँग प्रतिस्पर्धा गरेका थिए । उनीहरुले ‘जनम जनम’ बोलको गीतमा कडा प्रतिस्पर्धा गरेका थिए । कोचले उनीहरुमध्ये किरणलाई नकआउट राउण्डका लागि छनौट गरेपछि सुरक्षा खतरामा परेकी थिईन् । तर दमदार प्रस्तुति दिएका यी दुबै प्रतियोगीहरु नकआउटमा प्रवेश गरेका छन् । सुरक्षालाई कोच तृष्णाले स्टिल गरेपछि उनी नकआउट राउण्डमा प्रवेश गरेका हुन् ।

यसअघि टिम प्रमोदमा रहेकी सुरक्षा अब भने कोच तृष्णाको टिममा छिन् । २३ वर्षीया सुरक्षा दार्जिलिङकी हुन् । दुर्गम क्षेत्रमा बसिरहेकी सुरक्षा सँगीत सिक्न सिलीगुडीसम्म पुग्छिन् । आफुलाई संघर्षशिल गायिकाका रुपमा चिनाउने सुरक्षाले संगीत क्षेत्रबाटै आफ्नो घर सम्हालीरहेकी छिन् । उनी नेपाली गीतसँगीतमै आफ्नो करियर बनाउन चाहान्छिन् । हेर्नुहोस् भिडियो सामग्री–


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*