रिता राउत क्षेत्री र सविन आचार्यले जिते दोहोरी ब्याटल

२६ बैशाख २०७८, आईतवार २१:०५
Featured Video Play Icon

मकवानपुर, २६ बैशाख । नेपालकै पहिलो दोहोरी रियालिटी शो ‘दोहोरी च्याम्पियन’ को आठौँ दोहोरी भिडन्त रिता राउत क्षेत्री र सविन आचार्यको टिमले जितेको छ । १२ समूहको दोहोरी भिडन्त अन्तर्गत शनिबार भएको आठौँ दोहोरी भिडन्तमा रिता र सविनको जोडीले श्याम राना र बबिता गुरुङको जोडीसँग प्रतिस्पर्धा गरेका थिए । उनीहरुको प्रस्तुतिपश्चात हरेक निर्णायकहरुले २०० पूर्णाङ्कमा उनीहरुलाई अंक प्रदान गरेका थिए । सोही अंकहरुका आधारमा रिता र सविनले श्याम र बबिताकोभन्दा बढी अंक ल्याएपछि उनीहरुको टिम विजयी भएका हुन् । विजयी भएसँगै उनीहरु उत्कृष्ट १२ मा पुगेका छन् ।

रिता र जोडीलाई निर्णायक चन्द्र शर्माले १६२ अंक, निर्णायक रमेश बिजीले १४३ अंक, निर्णायक सिता थापाले ११७.५ अंक र निर्णायक प्रजापति पराजुलीले १४५.५ अंक प्रदान गरेका थिए । यसरी उनीहरुले चारै जना निर्णायकहरुबाट गरी जम्मा ५६८ अंक प्राप्त गरेका थिए । त्यस्तै श्याम र बबिताको जोडीलाई निर्णायक चन्द्र शर्माले १६० अंक, निर्णायक रमेश बिजीले १४० अंक, निर्णायक सिता थापाले ११२ अंक र निर्णायक प्रजापति पराजुलीले १४२ अंक प्रदान गरेका थिए । यसरी उनीहरुले चारै जना निर्णायकबाट गरी जम्मा ५५४ अंक प्राप्त गरेका थिए । श्याम र बबितालाई रिता र सविनले जम्मा १४ अंकले पछाडि पारेका हुन् । दोहोरी भिडन्तमा सबिन र बबिताले ‘फुलबुट्टे चोलीमा’ भाकामा तथा रिता र श्यामले ‘गोरखा मनकामना’ भाकामा दोहोरी खेलेका थिए । उनीहरुलाई दोहोरीमा दुर्गा विरही, रेशम परियार, लक्ष्मी राना मगर र बसन्ती सुनारी मगरले साथ दिएका थिए ।

रीता राउत क्षेत्री र सविन आचार्य दोहोरी च्याम्पियनको फिजिकल अडिसनदेखि नै चर्चामा थिए । सविन गायककै रुपमा चिनिएका छन् भने रिताले पनि गायन क्षेत्रमा नाम कमाईरहेकी छिन् । दोहोरी च्याम्पियनमा निर्णायकहरुबाट सर्वाधिक प्रशंसा पाएकी रिताले लोक दोहोरी क्षेत्रमा नयाँ ईतिहास रच्ने दर्शक श्रोताहरुले अपेक्षा गरेका छन् । रिता र सविनले निर्णायकहरुबाट सर्वाधिक राम्रो अंक पाएकाले उनीहरुले उत्कृष्ट १२ पछि पनि राम्रो गर्नसक्ने अपेक्षा निर्णायकहरुले गरेका छन् । रिता दाङकी र सविन पाँचथरका हुन् । हेर्नुहोस् भिडियो सामग्री–


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*