रामजी खाँड र प्रिती आलेको कडा दोहोरी

२५ बैशाख २०७८, शनिबार १५:०६
Featured Video Play Icon

मकवानपुर, २५ बैशाख । नेपालकै पहिलो दोहोरी रियालिटी शो ‘दोहोरी च्याम्पियन’ को नवौँ एपिसोडमा चर्चित लोकदोहोरी गायक रामजी खाँड र चर्चित मोडल तथा कलाकार करिश्मा ढकाल विशेष अतिथिका रुपमा सहभागी हुँदैछन् । अतिथिका रुपमा सहभागी भएका रामजीले शोकी संचालिका एवम् चर्चित गायिका प्रिती आलेसँग कडा दोहोरी पनि खेल्न भ्याएका छन् भने करिश्मासँग छमछमी नाचेका पनि छन् । शोमा पुगेका रामजीले दोहोरीका क्रममा प्रितीलाई दोहोरीबाटै सवाल जवाफ गरेका थिए । रामजीको सवालमा प्रितीले पनि दोहोरीमै जवाफ फर्काएकी थिईन् ।

यसरी प्रितीसँग दोहोरी खेलेका रामजीले शोभरिमा झनै तहल्का मच्चाएको अनुमान लाउन सकिन्छ । अहिले प्रोमो मात्रै सार्वजनिक भएकोले उनीहरुबिचको दोहोरी भिडन्त हेर्नभने शनिबार नै कुर्नुपर्ने हुन्छ । प्रितीसँग दोहोरी गाएका रामजीले मोडल करिश्मा ढकालसँग कम्मर मर्काएर नाचेका पनि छन् । उनीहरुले पानको पत्ता छ बोलको दोहोरीमा नृत्य प्रस्तुत गरेका थिए ।

दोहोरी च्याम्पियनको नवौँ एपिसोडमा यो साता उत्कृष्ट २४ मा पुगेका २ जोडीहरुबिच आठौँ दोहोरी भिडन्त हुँदैछ । यो साता दोहोरी च्याम्पियनको उत्कृष्ट २४ मा पुगेका पन्ध्रौँ जोडी श्यामबहादुर राना र बबिता गुरुङसँग दोहोरी च्याम्पियनको उत्कृष्ट २४ मा पुगेका सोह्रौँ जोडी रिता राउत क्षेत्री र सविन आचार्यले प्रतिस्पर्धा गर्दैछन् । हेर्नुहोस् भिडियो सामग्री–


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*