दमदार आवाजका सागर हमाल

२४ बैशाख २०७८, शुक्रबार १४:३९

मकवानपुर, २४ बैशाख । सुर्खेतका सागर हमाल आफ्नो दमदार आवाजका कारण साँगितिक क्षेत्रमा चर्चा कमाउँदैछन् । यसअघि नै नेपाल आईडल र नेपाल स्टार जस्ता गायन रियालिटी शोहरुमा तहल्का मच्चाईसकेका सागरले द भोईस अफ नेपाल सिजन ३ मा पनि सबैको मन जित्दैछन् । उनले नेपाल स्टारमा उत्कृष्ट १८ सम्मको यात्रा तय गरेका थिए ।

द भोईस अफ नेपाल सिजन ३ को ब्याटल राउण्डबाट नकआउट राउण्डका लागि छानिएका चौधौँ प्रतियोगी हुन् सागर हमाल । उनले ब्याटल राउण्डमा टिम तृष्णाकै रोजन परियारसँग प्रतिस्पर्धा गरेका थिए । उनीहरुले ‘शिरफुल सिरैमा’ बोलको गीतमा कडा प्रतिस्पर्धा गरेका थिए । कोचले उनीहरुमध्ये सागरलाई नकआउट राउण्डका लागि छनौट गरेपछि रोजन शोबाट बाहिरिएका छन् ।

सागर कोच तृष्णाको टिममा छन् । २२ वर्षीय सागर दैलेखमा जन्मिएका हुन् । सानैदेखि सुर्खेतमा बस्दै आएका सागरले आफ्ना बुवा अझै जीवित छन् या छैनन् भनेर एकिन रुपमा थाहा छैन । सानैमा बुवासँग छुट्टिएका सागरको सानोबुवा पनि अहिले हुनुहुन्न । आमाको साहरामा हुर्किएका सागर संगीत क्षेत्रमै केही गरेर आमाका लागि असल छोरा बन्न चाहान्छन् । हेर्नुहोस् भिडियो सामग्री–


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*