ब्याटलमा पनि दिक्षा थापाको तहल्का

२४ बैशाख २०७८, शुक्रबार १४:२५

मकवानपुर, २४ बैशाख । द भोईस अफ नेपाल सिजन ३ को ब्लाईण्ड अडिसनमा चारै जना कोचलाई आफुतर्फ फर्काउन सफल दिक्षा थापाले ब्याटल राउण्डमा पनि तहल्का मच्चाएकी छिन् । उनी ब्याटल राउण्डबाट नकआउट राउण्डका लागि छानिएकी सोह्रौँ प्रतियोगी हुन् । उनले ब्याटल राउण्डमा टिम प्रमोदकै ध्रुव तामाङसँग प्रतिस्पर्धा गरेका थिए । उनीहरुले ‘टाढा भएपनि’ बोलको गीतमा कडा प्रतिस्पर्धा गरेका थिए । कोचले उनीहरुमध्ये दिक्षालाई नकआउट राउण्डका लागि छनौट गरेका थिए ।

दिक्षा सिजन ३ मा चारै जना कोचलाई आफुतर्फ फर्काउन सफल एघारौँ प्रतियोगी हुन् । उनी कोच प्रमोदको टिममा छिन् । २६ वर्षीया दिक्षा ललितपुरकी हुन् । उनी दिक्षा जे थापाका नामले पनि चिनिन्छिन् । ब्याचलर अध्ययन गर्दै गर्दाको समयमा अङ्ग्रेजी कभर गीतबाट साँगितिक करियर सुरु गरेकी दिक्षाले युट्युबबाट निक्कै चर्चा कमाएकी थिईन् । तर उनी कारणवश साँगितिक क्षेत्रबाट टाढा भईन् । विद्यालय समेत खोलेर संचालन गरेकी उनी ३–४ वर्ष विद्यालयमै व्यस्त भईन् । तर उनले गायिका बनेर कमाएका शुभचिन्तकहरुले उनको गीतको प्रतिक्षा गरिरहेको कुरा बारम्बार उनीसम्म पुग्थ्यो । श्रोता दर्शककै मायाले उनी पून सँगीत क्षेत्रमै फर्किएकी हुन् । हेर्नुहोस् भिडियो सामग्री–


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*