ध्रुव तामाङलाई कोच राजुको स्टील

२४ बैशाख २०७८, शुक्रबार १३:१५

मकवानपुर, २४ बैशाख । भोईस अफ नेपाल सिजन ३ को ब्याटल राउण्डबाट नकआउट राउण्डका लागि छानिएका ध्रुव तामाङलाई ब्याटलमा ठूलो सफलता मिल्यो । उनी ब्याटलबाट नकआउटका लागि छानिएका सत्रौँ प्रतियोगी हुन् । उनले ब्याटल राउण्डमा टिम प्रमोदकै दिक्षा थापासँग प्रतिस्पर्धा गरेका थिए । उनीहरुले ‘टाढा भएपनि’ बोलको गीतमा कडा प्रतिस्पर्धा गरेका थिए । कोचले उनीहरुमध्ये दिक्षालाई नकआउट राउण्डका लागि छनौट गरेपछि ध्रुव संकटमा परेका थिए । तर ध्रुवलाई पनि कोच राजुले स्टिल गरेका हुन् ।

राजुले आफुसँग भएको एकमात्र स्टीलको अधिकारलाई प्रयोग गर्दै ध्रुवलाई छानेपछि शो रोचक मोडमा पुगेको छ । ध्रुव स्टीलबाट नकआउटमा प्रवेश गरेका दोस्रो प्रतियोगी हुन् । यसअघि निहारिका ज्ञवालीलाई कोचहरुले स्टील गरेका थिए । यसअघि कोच प्रमोदको टिममा भएका ध्रुव अब भने कोच राजुको टिममा छन् । २९ वर्षीय ध्रुव नुवाकोटका हुन् । उनी हाल काठमाडौँमा बस्छन् । संगीतमै रमाउने उनी संगीत क्षेत्रमै आफ्नो परिचय स्थापित गराउन चाहान्छन् । हेर्नुहोस् भिडियो सामग्री–


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*