नकआउटमा भिड्दै गोविन पून

२४ बैशाख २०७८, शुक्रबार १३:०८

मकवानपुर, २४ बैशाख । द भोईस अफ नेपाल सिजन ३ को ब्लाईण्ड अडिसनमा तहल्का मच्चाएका गोविन पूनले ब्याटल राउण्डमा पनि तहल्का मच्चाएका छन् । उनी ब्याटल राउण्डबाट नकआउट राउण्डका लागि छानिएका अठारौँ प्रतियोगी हुन सफल भएका छन् । उनले ब्याटल राउण्डमा टिम दिपकै शर्मिला आचार्यसँग प्रतिस्पर्धा गरेका थिए । उनीहरुले ‘जेल पनि सहुँला’ बोलको गीतमा कडा प्रतिस्पर्धा गरेका थिए । कोचले उनीहरुमध्ये गोविनलाई नकआउट राउण्डका लागि छनौट गरेपछि शर्मिला शोबाट बाहिरिएकी छिन् । गोविन द भोईस अफ नेपाल सिजन ३ को ब्लाईण्ड अडिसनमा चारै जना कोचलाई आफुतर्फ फर्काउन सफल तेस्रो प्रतियोगी हुन् ।

ब्लाईण्ड अडिसनमा पर्दासँगै ईन्ट्री भएका गोबिनको आवाजलाई निर्णायकहरुले निक्कै रुचाउँदै उनलाई फाईनलमा पुग्न योग्य प्रतियोगीका रुपमा चर्चा गरेका थिए । उनी कोच दिपको टिममा छन् । बुटवल निवासी गोबिनले विद्यालय तहदेखि नै गायन सुरु गरेका हुन् । राम्रो गीत गाउने खुबी भएका गोबिनलाई धेरै साथीहरुले कुनै पनि रियालिटी शोमा जान सुझाव दिईरहन्थे । त्यसबारेमा सकरात्मक रहेका गोबिनले रियालिटी शोमा सहभागी हुनुलाई आफ्नो सन्तानका लागि एउटा सम्झना र उपहारका रुपमा लिएका छन् । विदेश गएर घरको आर्थिक अवस्था उकास्न आमाबाट सुझाव पाएका उनी गायनमै केही गर्ने लक्ष्य सहित अगाडि बढेका छन् । हेर्नुहोस् भिडियो सामग्री–


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*