भुपेन्द्र थापा मगरको ‘शब्द’ सार्वजनिक

२४ बैशाख २०७८, शुक्रबार १२:५३

मकवानपुर, २४ बैशाख । गायक भुपेन्द्र थापा मगरको ‘शब्द’ बोलको नयाँ गीतको लिरिकल भर्सन सार्वजनिक भएको छ । भुपेन्द्रको यो नयाँ गीत उनको आफ्नै युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो । गीतमा भुपेन्द्रको आवाजका साथै शब्द र सँगीत पनि रहेको छ । कमल रानाको एरेञ्ज, मिक्सिङ मास्टरिङमा तयार भएको गीतमा किशोर विकको तबला समावेश छ । गीतको लिरिकल भिडियो गोकुल घिमिरेले तयार पारेका हुन् ।

यसअघि ‘लिन आउँदैछु’ बोलको गीतबाट श्रोता दर्शकको मन जितेका भुपेन्द्रले यो गीतले पनि श्रोता दर्शकहरुको मन जित्ने अपेक्षा गरेका छन् । भुपेन्द्र, नेपाल आईडल र नेपाल स्टार जस्ता रियालिटी शोमार्फत चर्चामा आएका थिए । हेर्नुहोस् गीतको लिरिकल भिडियो–


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*