नकआउटमा उक्लिए जेनिश राई

२३ बैशाख २०७८, बिहीबार २१:१८

मकवानपुर, २३ बैशाख । धरानका जेनिश राई द भोईस अफ नेपाल सिजन ३ को ब्याटल राउण्डबाट नकआउट राउण्डका लागि छानिएका छन् । उनी नकआउटका लागि छानिएका दशौँ प्रतियोगी हुन् । उनले ब्याटल राउण्डमा टिम दिपकै अरमान लामासँग प्रतिस्पर्धा गरेका थिए । उनीहरुले ‘आँशुको अर्थ’ बोलको गीतमा कडा प्रतिस्पर्धा गरेका थिए । कोच दिपले उनीहरुमध्ये जेनिशलाई नकआउट राउण्डका लागि छनौट गरेका थिए । उनी नकआउटका लागि छानिएसँगै अरमान शोबाट बाहिरिएका छन् ।

जेनिश द भोईस अफ नेपाल सिजन ३ को ब्लाईण्ड अडिसनमा चारै जना कोचहरुलाई आफुतर्फ फर्काउन सफल तेह्रौँ प्रतियोगी हुन् । उनी कोच दिपको टिममा छन् । २३ वर्षीय जेनिश धरानका हुन् । धनकुटामा जन्मिएता पनि उनी सानैदेखि धरानमै बस्दै आएका छन् । जेनिश ७ वर्षको छँदा नै उनको आमाबुवा छुट्टिएपछि उनलाई हजुरबा र हजुरआमाले नै हुर्काएका थिए । सँगीतलाई जीवनको अभिन्न अङ्गका रुपमा छान्ने उनी सङ्गीतकै कारण आफु परिचित भएको बताउँछन् । हेर्नुहोस् भिडियो सामग्री–


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*