सोनाम ग्याल्सो शेर्पा नकआउटमा

२३ बैशाख २०७८, बिहीबार २१:१२

मकवानपुर, २३ बैशाख । बौद्धका सोनाम ग्याल्सो शेर्पा नकआउट राउण्डका लागि छनौट भएका छन् । सोनाम द भोईस अफ नेपाल सिजन ३ को ब्याटल राउण्डबाट नकआउट राउण्डका लागि छानिएका एघारौँ प्रतियोगी बन्न सफल भएका हुन् । उनले ब्याटल राउण्डमा टिम राजुकै अभिषेक खड्गीसँग प्रतिस्पर्धा गरेका थिए । उनीहरुले ‘कोमल त्यो तिम्रो’ बोलको गीतमा कडा प्रतिस्पर्धा गरेका थिए । कोचले उनीहरुमध्ये सोनामलाई नकआउट राउण्डका लागि छनौट गरेका थिए । उनी नकआउटका लागि छानिएसँगै अभिषेक शोबाट बाहिरिएका छन् ।

सोनाम कोच राजुको टिममा छन् । २४ वर्षीय सोनाम बौद्ध काठमाडौँका हुन् । सँगित क्षेत्रमै लागेका दाजुहरुको पदचाप पछ्याउँदै उनी सँगीत क्षेत्रमै अगाडि बढेका छन् । मनको कुरा व्यक्त गर्ने माध्यमका रुपमा सँगीतलाई ब्याख्या गर्ने सोनामले प्रेममा परेपछि संगीतलाई कम समय दिए । तर समयसँगै उनीहरु अध्ययनका क्रममा एकअर्काबाट भौगोलिक रुपमा टाढा भए । त्यसपश्चात उनी फेरि सँगीतमै फर्किए । भौगोलिक दुरीले जन्माएको पिडालाई उनले गीतका रुपमा उतारे । उनी गीत लेखनमा पनि अग्रसर छन् । हेर्नुहोस् भिडियो सामग्री–


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*