भोईस अफ नेपालमा मेलिना मैनालीलाई फेरि सफलता

२३ बैशाख २०७८, बिहीबार २१:०५

मकवानपुर, २३ बैशाख । झापाकी मेलिना मैनालीलाई द भोईस अफ नेपालमा फेरि अर्को सफलता मिलेको छ । द भोईस अफ नेपाल सिजन ३ को ब्याटल राउण्डबाट नकआउट राउण्डका लागि छानिएकी बाह्रौँ प्रतियोगी बन्न सफल मेलिना मैनाली अब नकआउटमा भिड्नेछन् । उनले ब्याटल राउण्डमा टिम प्रमोदकै प्रभुविक्रम थापासँग प्रतिस्पर्धा गरेकी थिईन् । उनीहरुले ‘म तिमीलाई माया गर्छु’ बोलको गीतमा कडा प्रतिस्पर्धा गरेका थिए । कोचले उनीहरुमध्ये मेलिनालाई नकआउट राउण्डका लागि छनौट गरेका थिए । उनी नकआउटका लागि छानिएसँगै प्रभुविक्रम शोबाट बाहिरिएका छन् ।

मेलिना कोच प्रमोदको टिममा छिन् । सानैदेखि गायन क्षेत्रमा चम्किएकी मेलिना झापा निवासी हुन् । उनी १९ वर्षकी छिन् । उनले सानैदेखि विभिन्न गायन प्रतियोगिताहरुमा सहभागी भएर थुप्रै प्रशंसा कमाएकी छिन् । परिवारबाटै गायन क्षेत्रमा लाग्न हौसला पाएकी मेलिनाले गायन क्षेत्रमै लागिरहने अठोट पनि गरेकी छिन् । हेर्नुहोस् भिडियो सामग्री–


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*