सिमराकी श्रेया नेपाल नकआउटमा भिड्दै

२३ बैशाख २०७८, बिहीबार २०:५८

मकवानपुर, २३ बैशाख । द भोईस अफ नेपाल सिजन ३ को ब्याटल राउण्डबाट नकआउट राउण्डका लागि छानिएसँगै सिमराकी श्रेया नेपाल नकआउटमा भिड्दैछिन् । उनी नकआउटका लागि छानिएकी तेह्रौँ प्रतियोगी हुन् । उनले ब्याटल राउण्डमा टिम तृष्णाकै सन्तोष कुमार बानियाँसँग प्रतिस्पर्धा गरेकी थिईन् । उनीहरुले ‘कान्छी हे कान्छी’ बोलको गीतमा कडा प्रतिस्पर्धा गरेका थिए । कोचले उनीहरुमध्ये श्रेयालाई नकआउट राउण्डका लागि छनौट गरेका थिए । उनी नकआउटका लागि छानिएसँगै सन्तोष शोबाट बाहिरिएका छन् ।

श्रेया सिजन ३ मा चारै जना कोचहरुलाई आफुतर्फ फर्काउन सफल दशौँ प्रतियोगी हुन् । उनी कोच तृष्णाको टिममा छिन् । बाराको सिमरा निवासी श्रेया २१ वर्षकी छिन् । सानैदेखि संगीतमा रुचि भएका श्रेयाका केही ओरिजिनल तथा कभर गीतहरु पनि सार्वजनिक भइसकेको छ । विभिन्न प्रतियोगिताहरुमा सहभागी भएर जीत हासिल गरेकी उनले सँगीतमा नै करियर बनाउने सोच बनाएकी छिन् । सानोमा विद्यालयमा गीत गाउने क्रममा विद्यालयकी शिक्षिकाले उनलाई गीत नगाउनु भन्ने सुझाव दिईन् । तर त्यसको विपरित उनी संगीतमा लागिरहिन् । त्यसपछि संगीतमा थप मेहनत गरेकी उनी विभिन्न कार्यक्रमहरुमा पनि सहभागी भईरहन्छिन् । यसअघि पनि उनी गायन रियालिटी शो नेपाल स्टारको उत्कृष्ट १८ सम्म पुगेकी थिईन् । हेर्नुहोस् भिडियो सामग्री–


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*