गायनमा उदाएकी उर्मिला कुसुण्डा

१७ बैशाख २०७८, शुक्रबार ११:२१

मकवानपुर, १७ बैशाख । द भोईस अफ नेपाल सिजन ३ को ब्याटल राउण्डबाट नकआउट राउण्डका लागि छानिएकी नवौँ प्रतियोगी हुन् उर्मिला कुसुण्डा । नेपालको सबैभन्दा बढी लोपोन्मुख जातिहरु मध्येको एक कुसुण्डा जातिबाट गायन क्षेत्रमा चर्चा कमाउन सफल एकमात्र प्रतियोगीका रुपमा भोईसमा भिड्दै छन् । उनले ब्याटल राउण्डमा टिम राजुकै निर्मला घलेसँग प्रतिस्पर्धा गरेकी थिईन् । उनीहरुले ‘जाँदैछु टाढा’ बोलको गीतमा कडा प्रतिस्पर्धा गरेका थिए । कोच राजुले उनीहरुमध्ये उर्मिलालाई नकआउट राउण्डका लागि छनौट गरेका थिए । उर्मिला नकआउटका लागि छानिएसँगै निर्मला शोबाट बाहिरिएकी छिन् ।

उर्मिला सिजन ३ मा चारै जना कोचहरुलाई आफुतर्फ फर्काउन सफल नवौँ प्रतियोगी हुन् । उनी कोच राजुको टिममा छिन् । १९ वर्षीया उर्मिला दाङ घोराहीकी हुन् । लोापोन्मुख जाति कुसुण्डा समुदायबाट अगाडि बढेकी उर्मिला थोरै जनसंख्या रहेको कुसुण्डा जातिबाट एक्लो प्रतिनिधिका रुपमा भोईसमा आईपुगेकी हुन् । ६ जनाको परिवारमा बसोबास गरिरहेकी उर्मिला गायनबाटै आफ्नो जातिलाई चिनाउन पनि चाहान्छिन् । हेर्नुहोस् भिडियो सामग्री–


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*