ब्याटलमा पनि धर्मेन्द्र सुनारको चर्चा

१७ बैशाख २०७८, शुक्रबार ११:१५

मकवानपुर, १७ बैशाख । द भोईस अफ नेपाल सिजन ३ को ब्लाईण्ड अडिसनमा तहल्का मच्चाएका धर्मेन्द्र सुनार ब्याटल राउण्डबाट नकआउट राउण्डका लागि छानिएका छन् । उनले ब्याटल राउण्डमा टिम प्रमोदकै वर्षा थापासँग प्रतिस्पर्धा गरेका थिए । उनीहरुले ‘पर्ख पर्ख मायालु’ बोलको गीतमा कडा प्रतिस्पर्धा गरेका थिए । कोच प्रमोदले उनीहरुमध्ये धर्मेन्द्रलाई नकआउट राउण्डका लागि छनौट गरेका थिए । धर्मेन्द्र नकआउटका लागि छानिएसँगै वर्षा शोबाट बाहिरिएकी छिन् । धर्मेन्द्र सिजन ३ मा चारै जना कोचहरुलाई आफुतर्फ फर्काउन सफल पहिलो प्रतियोगी पनि हुन् । उनी कोच प्रमोदको टिममा छन् ।

सुदुरपश्चिम बाजुरा कोल्टीका धमेन्द्र २४ वर्षका छन् । धर्मेन्द्रले आर्थिक अवस्थाका कारण प्लस टु मा नै औपचारिक अध्ययन रोक्नुपर्यो । तर उनी संगीतमा भने थप निखारिदै गएका छन् । सानैदेखि संगीतमा लाग्ने सपना देखेका धर्मेन्द्रले औपचारिक रुपमा संगीत भने सिकेका छैनन् । सानैमा दोहोरी गाउन थालेका धर्मेन्द्रले पछि दाईको निर्देशनमा अन्य विधाका गीतहरु पनि गाउन थालेका थिए । दोहोरी साँझहरुमा गीत गाउँदै अगाडि बढेका धर्मेन्द्रले सुन पसलमा काम समेत गरेका थिए । यसअघि पनि नेपाल स्टार सहित विभिन्न गायन प्रतियोगिता तथा रियालिटी शोमा सहभागी भएका धर्मेन्द्रले आफ्नै ओरिजिनल गीतहरु पनि बजारमा सार्वजनिक गरिसकेका छन् । हेर्नुहोस् भिडियो सामग्री–


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*