ब्याटल जितेर नकआउटको तयारीमा ईशान राई

१७ बैशाख २०७८, शुक्रबार ११:०८

मकवानपुर, १७ बैशाख । खोटाङका ईशान राई द भोईस अफ नेपाल सिजन ३ को ब्याटल राउण्डबाट नकआउट राउण्डका लागि छानिएसँगै नकआउटको तयारीमा छन् । उनले ब्याटल राउण्डमा टिम दिपकै ध्रुव बिकसँग प्रतिस्पर्धा गरेका थिए । उनीहरुले ‘मैसाबले’ बोलको गीतमा कडा प्रतिस्पर्धा गरेका थिए । कोच दिपले उनीहरुमध्ये ईसानलाई नकआउट राउण्डका लागि छनौट गरेका थिए ।

ईसान नकआउटका लागि छानिएसँगै ध्रुव शोबाट बाहिरिएका छन् । ईसान कोच दिपको टिममा छन् । खोटाङका ईशान हाल नक्सालमा बस्छन् । ४ दाजुभाईसँगै हुर्किएका उनले दाईहरुबाटै सँगीतमा लाग्न साथ सहयोग पाएका छन् । हेर्नुहोस् भिडियो सामग्री–


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*