नकआउटमा भिड्दै ज्वाला राई

१७ बैशाख २०७८, शुक्रबार ११:०२

मकवानपुर, १७ बैशाख । द भोईस अफ नेपाल सिजन ३ को ब्याटल राउण्डबाट नकआउट राउण्डका लागि छानिएका ज्वाला राई अब नकआउट राउण्डमा भिड्दैछन् । उनले ब्याटल राउण्डमा टिम तृष्णाकै अजय कार्कीसँग प्रतिस्पर्धा गरेका थिए । उनीहरुले ‘हुरुक्कै भएँ म’ बोलको गीतमा कडा प्रतिस्पर्धा गरेका थिए । कोच तृष्णाले उनीहरुमध्ये ज्वालालाई नकआउट राउण्डका लागि छनौट गरेका थिए । ज्वाला नकआउटका लागि छानिएसँगै अजय शोबाट बाहिरिएका छन् ।

ज्वाला कोच तृष्णाको टिममा छन् । २९ वर्षीय ज्वाला काठमाडौका हुन् । गायकका रुपमा समेत परिचय बनाईसकेका ज्वालाले सानैदेखि गायन क्षेत्र समातेका हुन् । साँगितिक परिवारमै हुर्किएका ज्वालाले विद्यालयदेखि कलेजसम्म गीत गाए । सँगीतमै लाग्ने उदेश्यले काठमाडौ छिरेका ज्वालाले सँगीत क्षेत्रमै लाग्ने कोशिस गर्दागर्दै लगभग निराशाकै सामना गर्नुपर्यो अन्तत उनी मलेसिया रोजगारका लागि गएका थिए । त्यहाँ हुँदाको समयमा नै युट्युब च्यानल खोलेर अघि बढेका उनी युट्युबमै चिनिन थाले । २ वर्षपछि नेपालमा फर्किएका ज्वाला फेरि पहिला जस्तै निराशाको अवस्थामा पुगे तर उनी फेरि सँगीतमै अगाडि बढेका छन् । हेर्नुहोस् भिडियो सामग्री–


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*