उत्सव नेपालको दमदार ब्याटल

१६ बैशाख २०७८, बिहीबार १७:००

मकवानपुर, १६ बैशाख । द भोईस अफ नेपाल सिजन ३ को ब्याटल राउण्डबाट नकआउट राउण्डका लागि छानिएका चौथो प्रतियोगी हुन् उत्सव नेपाल । उनले ब्याटल राउण्डमा यति दमदार प्रस्तुति दिएकी कोचहरु सबैले उनी र उनका ब्याटल पार्टनरलाई स्टाण्डिङ अवेशन दिएका थिए । उनले ब्याटल राउण्डमा टिम प्रमोदकै सिजसु श्रेष्ठसँग प्रतिस्पर्धा गरेका थिए । उनीहरुले ‘मायाको डोरीले’ बोलको गीतमा कडा प्रतिस्पर्धा गरेका थिए । कोच प्रमोदले उनीहरुमध्ये उत्सवलाई नकआउट राउण्डका लागि छनौट गरेका थिए । उत्सव नकआउटका लागि छानिएसँगै सिजसु शोबाट बाहिरिएकी छिन् ।

उत्सव सिजन ३ मा चारै जना कोचहरुलाई आफुतर्फ फर्काउन सफल सातौँ प्रतियोगी पनि हुन् । उनी कोच प्रमोदको टिममा छन् । ३१ वर्षीय उत्सव पाल्पामा जन्मिएका हुन् । उनी अहिले ललितपुरमा बस्छन् । रेडियो नेपालमा बजेका गीतहरु सुन्दै हुर्किएका उत्सवले गायकहरुकै नक्कल गर्दै गीत गाउन सिकेका थिए । सानैछँदा आँखाको ज्योति गुमाएका उत्सव आफैले गाएका गीतहरु रेकर्ड गरेर सुन्नेगर्थे । उनलाई आफ्नो गाउने कला सृष्टिकर्ताले दिनुभएको उपहार जस्तो लाग्ने गरेको उनी बताउँछन् । हेर्नुहोस् भिडियो सामग्री–


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*