योगेन राई नकआउटमा

१६ बैशाख २०७८, बिहीबार १६:५५

मकवानपुर, १६ बैशाख । उदयपुरका योगेन राई द भोईस अफ नेपाल सिजन ३ को ब्याटल राउण्डबाट नकआउट राउण्डका लागि छानिएका छन् । उनले ब्याटल राउण्डमा टिम तृष्णाकै सन्देश सिटौलासँग प्रतिस्पर्धा गरेका थिए । उनीहरुले ‘सुवाश तिम्रो’ बोलको गीतमा कडा प्रतिस्पर्धा गरेका थिए । कोच तृष्णाले उनीहरुमध्ये योगेनलाई नकआउट राउण्डका लागि छनौट गरेका थिए । योगेन नकआउटका लागि छानिएसँगै सन्देश शोबाट बाहिरिएका छन् ।

योगेन कोच तृष्णाको टिममा छन् । ३५ वर्षीय योगेन उदयपुरको कटारी निवासी हुन् । उनी ओरिजिनल्ली ओखलढुङ्गाका हुन् । टोपराज राईका नामले समेत चिनिने उनी स्टेजमा योगेन राईका नामले परिचित छन् । सानैदेखि सँगीतमा रुचि राखेका योगेनले पछि करियरका रुपमा बिजनेशलाई रोजे तर उनको त्यो बालापनदेखिको सँगीतप्रतिको लगावले उनलाई गायन क्षेत्रमा पनि सक्रिय रहन मदत गरेको छ । हेर्नुहोस् भिडियो सामग्री–


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*