रामेछापकी सुजिता योञ्जन नकआउटमा भिड्दै

१६ बैशाख २०७८, बिहीबार १६:५०

मकवानपुर, १६ बैशाख । रामेछापकी सुजिता योञ्जन द भोईस अफ नेपाल सिजन ३ को ब्याटल राउण्डबाट नकआउट राउण्डका लागि छानिएकी छिन् । उनले ब्याटल राउण्डमा टिम दिपकै विवेक रुचालसँग प्रतिस्पर्धा गरेकी थिईन् । उनीहरुले ‘माया नमार’ बोलको गीतमा कडा प्रतिस्पर्धा गरेका थिए । उनीहरुमध्ये कोच दिपले सुजितालाई नकआउट राउण्डका लागि छनौट गरेका थिए । सुजिता नकआउटका लागि छानिएसँगै विवेक शोबाट बाहिरिएका छन् । सुजिता कोच दिपको टिममा छिन् ।

१८ वर्षीया सुजिता रामेछापकी हुन् । अहिले पाटनढोकामा बस्दै गरेकी सुजिता सानैदेखि संगीत रुचि राख्थिन् । रामेछापको विकट भेगमा जन्मिएकी उनले घाँसदाउरा काट्दै र गोठालो जाँदै गर्दाको अवस्थादेखि नै गीत गाउन थालेकी थिईन् । जंगलको बाटोमा एक्लै विद्यालय जाँदा आउँदा गीतलाई साथी बनाएकी उनी संगीतमै केही गर्न चाहान्छिन् । गायिका बन्ने ठूलो सपना बोकेकी सुजिताले अहिले संगीत विषयमै अध्ययन पनि गरिरहेकी छिन् । हेर्नुहोस् भिडियो सामग्री–


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*