सबै कोचको रोजाईमा निहारिका ज्ञवाली

१६ बैशाख २०७८, बिहीबार १६:४४

मकवानपुर, १६ बैशाख । काठमाडौकी निहारिका ज्ञवाली द भोईस अफ नेपाल सिजन ३ को ब्याटल राउण्डबाट नकआउट राउण्डका लागि स्टिल हुन सफल पहिलो प्रतियोगी बन्न सफल भएकी छिन् । उनी नकआउटका लागि छानिएकी दोस्रो प्रतियोगी हुन् । उनले ब्याटल राउण्डमा टिम राजुकै तारा श्रीस मगरसँग प्रतिस्पर्धा गरेकी थिईन् । तारा र निहारिकाले ‘सधैँ सधैँ’ बोलको गीतमा कडा प्रतिस्पर्धा गरेका थिए । ब्याटलमा कोच राजुले तारालाई नकआउटका लागि छानेका थिए । तर दमदार प्रस्तुति दिएका दुबै प्रतियोगीहरु नकआउटका लागि छनौट भएका थिए ।

निहारिकालाई स्टिलको अधिकार प्रयोग गर्दै सबै कोचहरुले बर्जर दबाएका थिए । उनले कोच प्रमोदको टिममा जाने निर्णय गरेसँगै उनी कोच राजुको टिमबाट कोच प्रमोदको टिममा प्रवेश गरेकी छिन् । २२ वर्षीया निहारिका काठमाडौँ कपन निवासी हुन् । संगीतलाई जीवनको अभिन्न अंगका रुपमा लिएकी निहारिकालाई गायन क्षेत्रमा उनको आमाबुवाको पनि साथ छ । हेर्नुहोस् भिडियो सामग्री–


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*