नकआउट राउण्डका लागि तारा श्रीस पहिलो रोजाई

१६ बैशाख २०७८, बिहीबार १६:३८

मकवानपुर, १६ बैशाख । द भोईस अफ नेपाल सिजन ३ को ब्याटल राउण्डबाट नकआउट राउण्डका लागि तारा श्रीस मगर छानिएकी छिन् । उनी नकआउट राउण्डका लागि छानिएकी पहिलो प्रतियोगी हुन् । उनले ब्याटल राउण्डमा टिम राजुकै निहारिका ज्ञवालीसँग प्रतिस्पर्धा गरेकी थिईन् । तारा र निहारिकाले ‘सधैँ सधैँ’ बोलको गीतमा प्रतिस्पर्धा गरेका थिए । निक्कै नै कडा ब्याटलका बिचमा कोच राजुले तारालाई नकआउटका लागि छानेका थिए । सर्वाधिक चर्चामा रहेकी तारा सिजन ३ मा चारै जना कोचलाई आफुतर्फ फर्काउन सफल पाँचौँ प्रतियोगी पनि हुन् । ताराको आवाज द भोईस ग्लोबलमा मार्च महिनाको उत्कृष्ट प्रस्तुतिका रुपमा छनौट हुन सफल भएको थियो । उनी कोच राजुको टिममा छिन् ।

बागलुङमा जन्मिएकी तारा जीवनको भोगाईलाई उतार्ने पानाका रुपमा संगीतलाई परिभाषा गर्छिन् । सानैमा गीत गाउन लाग्दा उनलाई परिवारबाटै अवरोध थियो । छोरी मान्छेले नाच्नु र गाउनुलाई त्यति राम्रो नमान्ने समुदायमा हुर्किएकी उनलाई पछि उनको बुवाले नै सँगीत क्षेत्रमा लाग्न मदत गरेका थिए । हेर्नुहोस् भिडियो सामग्री–


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*