मकवानपुरे गायक आशाकाजी श्रेष्ठको ‘डाँडामाथि चौतारी’ सार्वजनिक

१६ बैशाख २०७८, बिहीबार ११:२८

मकवानपुर, १६ बैशाख । मकवानपुरे कलाकार, नाट्यकर्मी, सर्जक तथा गायक आशाकाजी श्रेष्ठको नयाँ गीत ‘डाँडामाथि चौतारी’ को म्युजिक भिडियो सार्वजनिक भएको छ । श्रेष्ठको नयाँ गीतको म्युजिक भिडियो ‘मामा भाञ्जा प्रोडक्सन’ को अफिसियल युट्युब च्यानलमार्फत बिहीबार सार्वजनिक भएको हो । सेलो भाकामा तयार भएको गीतमा सर्जक श्रेष्ठकै शब्द सँगीत रहेको छ । गीतलाई आफिला स्टुडियो हेटौँडामा अमृत लुवागुनले एरेञ्ज तथा मिक्सिङ मास्टरिङ गरेका हुन् ।

गीतको म्युजिक भिडियो मकवानपुरे कलाकार दिलिप लामाको परिकल्पना तथा निर्देशनमा तयार भएको हो । गीतको म्युजिक भिडियोमा निर्देशक दिलिप लामासँगै एलिशा बजगाईले मूख्य भूमिका निभाएका छन् । उनीहरुसँगै जयराम, आकाश, विकाश, रोहन, विष्णु, सुरज, अनिता, आयुशा, सुस्मिता, अस्मिता, सुमिरा, अनिशा, अस्मिता लगायतका कलाकारहरुले नृत्यमा साथ दिएका छन् । म्युजिक भिडियोलाई प्रभात राई, विष्णु ठकुरी र कृष्ण तामाङले कोरियोग्राफ गरेका छन् । स्टीभ प्रधान र टिमले भिडियो छायाँकन तथा सम्पादन गरेका छन् । मकवानपुरका विभिन्न रमणीय स्थानहरुमा म्युजिक भिडियो छायाँकन गरिएको छ ।

करिब ४ दशकभन्दा लामो समयदेखि मकवानपुरबाट कला क्षेत्रमा लागेका गायक आशाकाजी श्रेष्ठ नाट्यकर्मी, सामाजिक अभियान्ता र सर्जक समेत हुन् । उनका ३ वटाभन्दा बढी गीतहरु तयार भइसकेका छन् । हेर्नुहोस् म्युजिक भिडियो–


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*