बुढीचौरका नोक लामा योञ्जनको ‘सेर्खला बुलबुल’ सार्वजनिक

३१ चैत्र २०७७, मंगलवार २३:२१

मकवानपुर, ३१ चैत्र । मकवानपुरे गायक नोक लामा योञ्जनको ‘सेर्खला बुलबुल’ बोलको तामाङ र्याप गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ । मकवानपुरको मकवानपुरगढी गाउँपालिका बुडीचौर निवासी लामाको नयाँ गीतको म्युजिक भिडियो मुर्चुङ्गा टिभीको अफिसियल युट्युब च्यानलमार्फत सार्वजनिक भएको हो । गीतमा गायक लामाकै शब्द, सँगीत र आवाज रहेको छ । गीतलाई सुमन तामाङले एरेञ्ज गरेका हुन् ।

गीतको म्युजिक भिडियोमा राज लामा र सञ्जु गोलेको प्रमुख भूमिका रहेको छ । साथै बुडीचौरका स्थानीय कलाकारहरुको पनि म्युजिक भिडियोमा अभिनय रहेको छ । म्युजिक भिडियो निश्कर्ष लामाको परिकल्पनामा तयार भएको हो । म्युजिक भिडियोमा बुडीचौरका विभिन्न रमणिय पर्यटकीयस्थलहरुको दृश्य पनि समावेश गरिएको छ । हेर्नुहोस् म्युजिक भिडियो–


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*