तामाङ चलचित्र ‘तिङ्ला पुजु’ शनिबार हेटौँडाको ओम्याक्समा प्रदर्शन हुँदै

२१ चैत्र २०७७, शनिबार ०९:५३

मकवानपुर, २१ चैत । दर्शकहरुले सर्वाधिक रुचाएको तामाङ भाषाको चलचित्र ‘तिङ्ला पुजु’ यही शनिबार हेटौँडाको ओम्याक्स सिनेमा हलमा प्रदर्शन गरिने भएको छ । यसअघि पनि हेटौँडाका साथै नेपालका अन्य स्थानमा समेत प्रदर्शन गरिएको चलचित्रलाई दर्शकहरुले अत्याधिक रुचाएपछि दर्शकहरुकै अनुरोधमा हेटौँडामा पूनः प्रदर्शन गर्न लागिएको हो ।

गीतहरु रिलिज भएदेखि नै चर्चाको शिखरमा रहेको चलचित्रको ट्रेलरका साथै ‘सार्सी साम्बा म्हेन्दो आहिन’ र ‘सेम ह्रो’ बोलको गीतहरुलाई दर्शकहरुले सर्वाधिक रुचाएका छन् । चलचित्रमा जय स्याङ्तान, रोशन थिङ, अबिना गोले, कल्पना वाईबा, सिंगानाथ लामा, केबी मोक्तान, एमबी मुन्द्रे, गुरुदेव लामा लगायतका कलाकारहरुको अभिनय रहेको छ । निमा लामा तामाङको निर्देशनमा तयार भएको चलचित्रलाई सुदिपा स्याङ्तानले निर्माण गरेका हुन् । चलचित्रको पब्लिसिटी डिजाईन सूर्य लामाले गरेका छन् । चलचित्रलाई विश्वास भण्डारीले छायाँकन र सम्पादन गरेका छन् । सुरज श्रेष्ठको द्वन्द रहेको चलचित्रमा निमा लामा तामाङको कोरियोग्राफी रहेको छ ।

चलचित्रका गीतहरुमा कमल रुम्बाको शब्द र संगीत रहेको छ । चलचित्रको कथा पनि रुम्बाले नै लेखेका हुन् । चलचित्रका गीतहरुमा शुभ तामाङ, दुखी तामाङ, बबिता पाख्रिन र सिर्जना स्याङ्तानको आवाज सुन्न सकिन्छ । चलचित्रका गीतहरु बुद्ध स्याङ्बा र दिपेश प्रधानले एरेञ्ज गरेका छन् । गीतहरु दिप स्टुडियोमा तयार पारिएको हो ।


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*