दोहोरी च्याम्पियनमा दोहोरीका राजा र रानीकै कडा टक्कर

२० चैत्र २०७७, शुक्रबार १४:२२
Featured Video Play Icon

मकवानपुर, २० चैत्र । नेपालकै पहिलो दोहोरी रियालिटी शो ‘दोहोरी च्याम्पियन’ मा चर्चित लोकदोहोरी गायक राजु परियार र चर्चित लोकदोहोरी गायिका टिका पुनसँग दोहोरी च्याम्पियनको सेटमै दोहोरीको घम्साघम्सी परेको छ । दोहोरी च्याम्पियनको उत्कृष्ट २४ जोडीहरुको दोहोरी भिडन्तका क्रममा दोस्रो दोहोरी भिडन्तमा राजु र टिका विशेष अतिथिका रुपमा पुगेका थिए । कल्पना दाहाल र प्रदिप रोकासँग लक्ष्मी बस्नेत र विक्रमबाबु विश्वकर्माको दोहोरी भिडन्त सकिएपछि राजु र टिकासँग शोका संचालकद्वय चर्चित गायक बद्री पंगेनी र गायिका प्रिति आलेको दोहोरीमा घम्साघम्सी नै परेको थियो । सुरुमा गायक बद्री पंगेनी र टिका पुनको दोहोरी भिडन्त भएको थियो । हेर्नुहोस् भिडियो सामग्री-

टिका र बद्रीको दोहोरी भिडन्तमा पछि गायक राजु परियार जोडिए । राजुको कडा दोहोरी जवाफसँगै गायिका प्रिति आलेले राजुलाई दोहोरीमै मज्जाको जवाफ फर्काईन् । यसरी बद्री र टिकाहुँदै राजुसम्म आईपुगेको दोहोरीमा पछि राजु र प्रितिको नै घम्साघम्सीमा पुगेको थियो । उनीहरुको दोहोरी भिडन्त निक्कै रोचक र रमाईलो सुनिएको थियो । प्रतियोगीहरुपछिको यो जुहारी शोको रोचक पाटोहरुमध्येको एक बन्न सफल भएको छ । उनीहरुको दोहोरी अहिले श्रोता र दर्शकहरुको रोजाई बनेको छ ।


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*