कल्पना दाहाल र प्रदिप रोकालाई निर्णायकहरुले यसो भने

२० चैत्र २०७७, शुक्रबार १४:१५
Featured Video Play Icon

मकवानपुर, २० चैत्र । नेपालकै पहिलो दोहोरी रियालिटी शो ‘दोहोरी च्याम्पियन’ को उत्कृष्ट १२ मा पुगेका कल्पना दाहाल र प्रदिप रोक्का फिजिकल अडिसनदेखि नै चर्चामा आए । विशेष गरी निर्णायकहरुले फिजिकल अडिसनमा कल्पनाका विषयमा गरेको टिप्पणी निक्कै विवादित बनेको थियो । कल्पना र प्रदिपले गाएको दोहोरीमा प्रसंग नमिलेको र कल्पनालाई भाईरल साईरल भनेकोमा दर्शकहरुले निक्कै आपत्ति जनाएका थिए । हेर्नुहोस् भिडियो सामग्री–

यसरी विवादसँगै सुरु भएको कल्पना र प्रदिपको दोहोरी च्याम्पियनको यात्रा उत्कृष्ट २४ को प्रस्तुतिपछि निक्कै रोचक मोडमा पुगेको छ । दोस्रो समूहमा लक्ष्मी बस्नेत र विक्रमबाबु विश्वकर्मासँग दोहोरीमा भिडेका कल्पना र प्रदिप उत्कृष्ट १२ मा पुगेका छन् । उनीहरुका विषयमा यो पटक निर्णायकहरुले त्यस्ता विवादित शब्दहरु बोलेनन् बरु उनीहरुको टुक्काको प्रशंसा समेत गरेका थिए ।

निर्णायकहरुले यो पटक आफैलाई विवादमा पार्ने त्यस्ता शब्दहरु पनि बोलेका छैनन् । उनीहरुको प्रस्तुतिको निक्कै प्रशंसा गर्दै निर्णायकहरुले उनीहरुको प्रस्तुतिमा आफुहरु पनि धेरै खुशी भएको बताएका थिए ।


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*