मिसेज तामाङ मकवानपुरको पहिलो संस्करण सुरु (भिडियो सहित)

१७ चैत्र २०७७, मंगलवार २२:१६

मकवानपुर, १७ चैत । मकवानपुरको हेटौँडामा प्रथम ‘मिसेज तामाङ मकवानपुर’ को सुरुवात भएको छ । ओपेरा इन्फोटेन्मेण्ट क्रियशन प्रालिको आयोजनामा मंगलबारबाट औपचारिक रुपमा प्रतियोगिताको घोषणा भएको हो । आयोजक टिमले मंगलबार हेटौंडामा पत्रकार सम्मेलनको आयोजना गर्दै प्रतियोगिताको बारेमा जानकारी दिएको हो ।

प्रतियोगिताका लागि आवेदन मंगलबारदेखि चैत्र २४ गते बेलुकी ४ बजेसम्म खुल्ला रहने कलाकार तथा ओपेरा ईन्फोटेन्मेण्ट क्रियशन प्रालिका प्रमुख विक्रम लुङ्वाले जानकारी दिए । प्रतियोगितामा २० वर्षदेखि ४५ वर्ष उमेर समूहका मकवानपुरे विवाहित तामाङ महिलाले सहभागी हुनसक्नेछन् । आवेदन फारमकालागि १ हजार ५ सय रुपैयाँ र प्रशिक्षणका लागि १५ हजार रुपैयाँ लाग्ने आयोजकले जानकारी दिएको छ । प्रतियोगिताका सहभागीहरुलाई आयोजक संस्थाको तर्फबाट प्रशिक्षक रविन्द्र बज्रचार्यबाट प्रशिक्षण प्रदान गरिने बताइएको छ ।

चैत्र २५ गतेदेखि प्रतियोगीहरुलाई २५ दिने विशेष तालिम प्रदान गरिनेछ । प्रतियोगिताको फाइनल आगामी बैशाख अन्तिम साता हुनेछ । प्रतियोगिताका विजेताले क्राउन सहित नगद एक लाख रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन् । साथै फर्स्ट रनर अप र सेकेण्ड रनर अपका लागि पनि पुरस्कारहरु घोषणा गरिनेछन् । कार्यक्रममा करिब ५ लाख रुपैयाँ खर्च हुने आयोजकको अनुमान छ ।

पत्रकार सम्मेलनमा गायक अणराज तामाङ, हाँस्य कलाकार धन पाख्रिन, पूर्व मिस तामाङ मकवानपुर आयोजक टिमका सदस्यहरु शरण मोक्तान, माया घलान, पूर्व मिस तामाङ विनिमा लामा, प्रथम मिसेज तामाङ मकवानपुरका संयोजक सुशिल थिङसहितको उपस्थिति रहेको थियो । हेर्नुहोस् पत्रकार सम्मेलनको भिडियो–


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*