कल्पना दाहाल र प्रदिप रोक्काले जिते दोस्रो दोहोरी भिडन्त

१६ चैत्र २०७७, सोमबार २१:४२
Featured Video Play Icon

मकवानपुर, १६ चैत्र । नेपालकै पहिलो दोहोरी रियालिटी शो ‘दोहोरी च्याम्पियन’ को दोस्रो दोहोरी भिडन्त कल्पना दाहाल र प्रदिप रोक्काको टिमले जितेको छ । १२ समूहको दोहोरी भिडन्त अन्तर्गत शनिबार भएको दोस्रो दोहोरी भिडन्तमा कल्पना दाहाल र प्रदिप रोक्काको जोडीले बिक्रमबाबु विश्वकर्मा र लक्ष्मी बस्नेतको जोडीसँग प्रतिस्पर्धा गरेका थिए । उनीहरुको प्रस्तुतिपश्चात हरेक निर्णायकहरुले २०० पूर्णाङ्कमा उनीहरुलाई अंक प्रदान गरेका थिए । सोही अंकहरुका आधारमा कल्पना र प्रदिपले विक्रमबाबु र लक्ष्मीकोभन्दा बढी अंक ल्याएपछि उनीहरुको टिम विजयी भएका हुन् । विजयी भएसँगै उनीहरु उत्कृष्ट १२ मा पुगेका छन् । हेर्नुहोस् भिडियो सामग्री–

विक्रम र लक्ष्मीको जोडीलाई निर्णायक चन्द्र शर्माले १४९ अंक, निर्णायक रमेश बिजीले १४१ अंक, निर्णायक सिता थापाले १६० अंक र निर्णायक प्रजापति पराजुलीले १५७ अंक प्रदान गरेका थिए । यसरी उनीहरुले चारै जना निर्णायकहरुबाट गरी जम्मा ६०७ अंक प्राप्त गरेका थिए । त्यस्तै कल्पना र प्रदिपको जोडीलाई निर्णायक चन्द्र शर्माले १५० अंक, निर्णायक रमेश बिजीले १४२ अंक, निर्णायक सिता थापाले १६२ अंक र निर्णायक प्रजापति पराजुलीले १५८.५ अंक प्रदान गरेका थिए । यसरी उनीहरुले चारै जना निर्णायकबाट गरी जम्मा ६१२.५ अंक प्राप्त गरेका थिए । लक्ष्मी र विक्रमलाई कल्पना र प्रदिपले जम्मा ५.५ अंकले पछाडि पारेका हुन् । प्रदिप र कल्पनालाई दोहोरीमा बेलीमाया गोर्खाली र शुशिला थापापले सहयोग गरेका थिए । त्यस्तै लक्ष्मी र विक्रमलाई दोहोरीमा रत्न श्रेष्ठ र हुमेश भण्डारीले साथ दिएका थिए । दोहोरी भिडन्तमा कल्पना र विक्रमले ‘कालिपारे दाई’ भाकामा तथा प्रदिप र लक्ष्मीले ‘मिर्मी मुनि काली थुनेको’ भाकामा दोहोरी खेलेका थिए ।

कल्पना र प्रदिप दोहोरी च्याम्पियनको उत्कृष्ट २४ मा पुगेका एक्काईसौँ जोडी हुन् । उनीहरु चर्चित गायक गायिका समेत हुन् । उनीहरु दुबै जना लाईभ दोहोरीमा पनि चर्चित छन् । उनीहरु दुबै जना सिन्धुपाल्चोक निवासी हुन् । प्रदिप सज्जनका नामले पनि परिचित छन् । त्यस्तै लक्ष्मी र विक्रमबाबु दोहोरी च्याम्पियनको उत्कृष्ट २४ मा पुगेका बाईसौँ जोडी हुन् । उनीहरु लाईभ दोहोरीमा चर्चित छन् । लक्ष्मी नवलपरासीकी र विक्रम गुल्मीका हुन् ।


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*