गायिका निशु ढकालको ‘निशानी’ मा वियोगान्त प्रेमकथा

१५ चैत्र २०७७, आईतवार २२:१६

मकवानपुर, १५ चैत । गायिका निशु ढकालको ‘निशानी’ बोलको नयाँ गजल गीत सार्वजनिक भएको छ । सार्वजनिक भएसँगै गायिका ढकालको आवाज, गीतको शब्द–सँगीत तथा म्युजिक भिडियोको अहिले सर्वत्र चर्चा छ । यसअघि पनि विभिन्न गीतहरु सार्वजनिक गरिसकेकी निशुको यो फरक शैलीको गीतको म्युजिक भिडियोमा एउटा वियोगान्त प्रेमकथा समावेश छ जसका कारण यसलाई दर्शक श्रोताहरुले पनि रुचाएका छन् ।

रामचन्द्र तिमल्सिनाको शब्द र निशुको आवाजमा रहेको यो गीतलाई नविन के तिमल्सिनाले कम्पोज तथा एरेञ्ज गरेका हुन् । गीतको म्युजिक भिडियोमा गीता ढुङ्गाना, विजय पुन, रामबाबु रेग्मी र किशोर गौतम लगायतका कलाकारहरुले अभिनय गरेका छन् । म्युजिक भिडियोका छायाँकार ज्ञानेन्द्र शर्मा हुमागाई हुन् । प्रणेश श्रेष्ठको कोरियोग्राफी रहेको म्युजिक भिडियोलाई नविन के तिमल्सिनाले नै निर्देशन गरेका छन् । गीतको म्युजिक भिडियोमा एउटी राजकुमारी र सेनापतिबिचको प्रेमकथा देखाइएको छ । हेर्नुहोस् म्युजिक भिडियो–


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*