कल्पना–प्रदिप र लक्ष्मी–विक्रममध्ये कसले मार्ला बाजी ?

१४ चैत्र २०७७, शनिबार १३:२४
Featured Video Play Icon

मकवानपुर, १४ चैत । नेपालकै पहिलो दोहोरी रियालिटी शो ‘दोहोरी च्याम्पियन’ मा यो साता उत्कृष्ट २४ मा पुगेका २४ जोडीहरुको दोस्रो दोहोरी भिडन्त चल्दैछ । यो साता सज्जन रोका र कल्पना दाहालसँग लक्ष्मी बस्नेत र विक्रमबाबु विश्वकर्माको दोहोरी भिडन्त हुँदैछ । दुई जोडी प्रतिस्पर्धीहरुको यो दोहोरी भिडन्तबाट एक जोडी प्रतियोगीले मात्र अगाडि बढ्ने मौका पाउनेछ भने अर्को जोडी शोबाट बाहिरिनेछ । उनीहरुको दोहोरी भिडन्त यही शनिबार राति ८ः५० मा प्रसारण हुँदैछ । यी दुबै जोडीहरु लाईभ दोहोरीमा चर्चामा रहेका जोडीहरु हुन् । साथै उनीहरु गायक गायिकाकै रुपमा दर्शक श्रोतामाझ चर्चामा छन् । उनीहरुले फिजिकल अडिसनमा पनि निर्णायकहरुबाट राम्रो प्रतिकृया पाएका थिए । उनीहरुमध्ये कुन जोडीले दोहोरी भिडन्त जित्ला त ? कृपया कमेन्ट गर्नुहोस् । हेर्नुहोस् भिडियो सामग्री–

कल्पना र सज्जन दोहोरी च्याम्पियनको उत्कृष्ट २४ मा पुगेका एक्काईसौँ जोडी हुन् । उनीहरुले फिजिकल अडिसनमा ‘चाँगुनारायण थान’ बोलको भाकामा दोहोरी प्रस्तुत गरेका थिए । निर्णायकहरुले उनीहरुलाई केही सुझाव समेत दिएका थिए । उनीहरु चर्चित गायक गायिका समेत हुन् । उनीहरु दुबै जना लाईभ दोहोरीमा पनि चर्चित छन् । उनीहरु दुबै जना सिन्धुपाल्चोक निवासी हुन् । सज्जन प्रदिपका नामले पनि परिचित छन् । त्यस्तै लक्ष्मी र विक्रमबाबु दोहोरी च्याम्पियनको उत्कृष्ट २४ मा पुगेका बाईसौँजोडी हुन् । उनीहरुले फिजिकल अडिसनमा ‘म त तिम्रो भरैमा परेको’ बोलको भाकामा दोहोरी प्रस्तुत गरेका थिए । निर्णायकहरुले उनीहरुलाई केही सुधार गर्नलाई सुझाव दिएका थिए । उनीहरु लाईभ दोहोरीमा चर्चित छन् । लक्ष्मी नवलपरासीकी र विक्रम गुल्मीका हुन् ।


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*