अफ्रिताको आँखामा कोचहरु नै फिदा

१३ चैत्र २०७७, शुक्रबार १४:३९
Featured Video Play Icon

मकवानपुर, १३ चैत । द भोईस अफ नेपाल सिजन ३ को ब्लाईण्ड अडिसनमा बालाजुकी अफ्रिता खड्गीले एउटा रकिङ प्रस्तुति दिईन् । उनको आवाज सुनेर कोच तृष्णा र राजु उनीतर्फ फर्किए । अफ्रिताको आवाज मनपराएका कोचहरुले अन्तत उनको आँखामा ध्यान केन्द्रित गरे । कोच दिपले अफ्रिताको आँखाको खुलेर प्रशंसा गरे । उनले अफ्रिताको प्रशंसा गर्दै पून गीत गाउन आग्रह पनि गरेका थिए । हेर्नुहोस् भिडियो–

अफ्रिताको गीत पून सुनेपछि कोच दिप उनलाई स्वागत गर्न स्टेजमै पुगे । ब्याटल राउण्डका लागि छानिएका नवौँ प्रतियोगी हुन् अफ्रिता खड्गी । उनले ब्लाईण्ड अडिसनमा ‘हराएको’ बोलको गीत गाएकी थिईन् । उनको आवाज सुनेर कोच तृष्णा केही समयमै उनीतर्फ फर्किएका थिए । साथै अन्तिममा कोच राजु पनि उनीतर्फ फर्किएका थिए । उनी कोच तृष्णाको टिममा छिन् ।

२६ वर्षीया अफ्रिता बालाजु निवासी हुन् । सानैदेखि संगीत क्षेत्रमा लागेकी अफ्रिता विशेष गरी वेष्टर्न गीतहरुमा रुचि राख्छिन् । अफ्रिता गायनका साथै आफ्नो आईकलरका कारण पनि चर्चामा छिन् ।


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*