नुवाकोटका सुनिल थापा मगरको आवाजले फर्कियो चारै कोचको कुर्सी

१३ चैत्र २०७७, शुक्रबार १४:२९
Featured Video Play Icon

मकवानपुर, १३ चैत । नुवाकोटका सुनिल थापा मगरले द भोईस अफ नेपाल सिजन ३ को ब्लाईण्ड अडिसनमा तहल्का मच्चाएका छन् । उनले ब्लाईण्ड अडिसनमा चारै जना कोचलाई आफुतर्फ फर्काउन सफल भएका थिए । सुनिल द भोईस अफ नेपाल सिजन ३ मा चारै जना कोचलाई आफुतर्फ फर्काउन सफल दोस्रो प्रतियोगी पनि हुन् । उनले ब्लाईण्ड अडिसनमा ‘मलाई छोडी नजाउ’ बोलको गीत गाएका थिए । उनको आवाज सुनेर कोच दिप र कोच राजुले एकैपटक बर्जर दबाएका थिए । त्यसपछि कोच तृष्णाले र अन्तिमतिर कोच प्रमोद पनि उनीतर्फ फर्किएका थिए । उनी कोच दिपको टिममा छन् । हेर्नुहोस् भिडियो–

२९ वर्षीय सुनिल नुवाकोट निवासी हुन् । मगर संस्कृतिको विभिन्न पक्षहरुलाई पछ्याउँदै हुर्र्किएका सुनिलले घाटु, सोरठी लगायतका संस्कृतिबाटै संगीत क्षेत्रमा लाग्ने प्रेरणा पाएका हुन् । किसानको परिवारमा हुर्किएका सुनिललाई उनको परिवारले पढेर राम्रो सरकारी जागिरमा लाग्न सल्लाह दिएका थिए तर उनलाई भने संगीतमै रुचि भएकोले उनी सांगितिक क्षेत्रमै लागेका हुन् । अहिले भने उनको परिवारले पनि उनलाई गायन क्षेत्रमा लाग्न प्रेरणा दिएका छन् ।


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*