भोईस अफ नेपालमा बाजुराका धर्मेन्द्र सुनारको ऐतिहासिक प्रस्तुति

१२ चैत्र २०७७, बिहीबार १७:१४
Featured Video Play Icon

मकवानपुर, १२ चैत । द भोईस अफ नेपाल सिजन ३ को ब्लाईण्ड अडिसनमा सुदुरपश्चिम बाजुरा कोल्टिका धर्मेन्द्र सुनारले ऐतिहासिक प्रस्तुति दिएका छन् । उनको प्रस्तुति द भोईस अफ नेपाल सिजन ३ कै पहिलो त्यस्तो प्रस्तुति हो जुन प्रस्तुतिले चारै जना कोचहरुको कुर्सी घुमाएको थियो । धर्मेन्द्रको यो प्रस्तुति अहिले टिकटकजस्ता सामाजिक सञ्जालमा भाईरल भएका छन् । हेर्नुहोस् भिडियो सामग्री–

द भोईस अफ नेपाल सिजन ३ मा चारै जना कोचहरुलाई आफुतर्फ फर्काउन सफल पहिलो प्रतियोगी बन्न सफल धर्मेन्द्रको आवाज मनपराएर दर्शक श्रोताहरुले अहिले उनको गीतको क्लिप सामाजिक सञ्जालमा शेयर गरेर भाईरल बनाएका छन् । धर्मेन्द्रले ब्लाईण्ड अडिसनमा ‘पियारी’ बोलको गीत गाएका थिए । उनको आवाज सुनेर सुरुमै कोच तृष्णा उनीतर्फ फर्र्किएकी थिईन् । त्यसपछि कोच दिप उनीतर्फ फर्किएका थिए । साथै अन्तमा कोच प्रमोद र राजु पनि उनीतर्फ फर्किएका थिए । यसरी चारै जना कोचहरु उनीतर्फ फर्किएका थिए । धर्मेन्द्रले आफ्नो बारेमा बताउँदा चारैजना कोचहरु भावुक भएका थिए । धर्मेन्द्रको कुरा सुनेर भावुक भएकी कोच तृष्णाले उनलाई स्टेजमा गुलाफको फुलले स्वागत गरेकी थिईन् । उनी कोच प्रमोदको टिममा छन् ।

सुदुरपश्चिम बाजुरा कोल्टीका धर्मेन्द्र २४ वर्षका छन् । धर्मेन्द्रले आर्थिक अवस्थाका कारण प्लस टु मा नै औपचारिक अध्ययन रोक्नुपर्यो । तर उनी संगीतमा भने थप निखारिदै गएका छन् । सानैदेखि संगीतमा लाग्ने सपना देखेका धर्मेन्द्रले औपचारिक रुपमा संगीत भने सिकेका छैनन् । सानैमा दोहोरी गाउन थालेका धर्मेन्द्रले पछि दाईको निर्देशनमा अन्य विधाका गीतहरु पनि गाउन थालेका थिए । दोहोरी साँझहरुमा गीत गाउँदै अगाडि बढेका धर्मेन्द्रले सुन पसलमा काम समेत गरेका थिए । यसअघि पनि नेपाल स्टार सहित विभिन्न गायन प्रतियोगिता तथा रियालिटी शोमा सहभागी भएका धर्मेन्द्रले आफ्नै ओरिजिनल गीतहरु पनि बजारमा सार्वजनिक गरिसकेका छन् । विभिन्न स्थानमा संघर्ष गरेका धर्मेन्द्रले संगीत क्षेत्रमा लाग्दा आर्थिक अभाव भएपछि कुनै समयमा संगीत क्षेत्र नै छाड्ने सोच बनाएका थिए । तर उनको आवाजले अहिले एउटा नयाँ उचाई प्राप्त गरेको छ । उनको प्रस्तुति यसैपनि ऐतिहासिक बनिसकेको छ । सम्भवत उनको आगामी दिनको यात्राले उनको आवाजलाई थप उचाई दिनेछ ।


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*