ब्लाईण्ड अडिसनबाट छानिईन् निर्मला घले

११ चैत्र २०७७, बुधबार ११:५७

मकवानपुर, ११ चैत । सिन्धुपाल्चोककी निर्मला घले द भोईस अफ नेपाल सिजन ३ को ब्लाईण्ड अडिसनबाट ब्याटल राउण्डका लागि छानिएकी छिन् । उनी ब्याटलका लागि छानिएकी बाह्रौँ प्रतियोगी हुन् । उनले ब्लाईण्ड अडिसनमा ‘तिम्रो न्यानो’ बोलको गीत गाएकी थिईन् । उनको आवाज सुनेर कोच राजु अन्तिममा उनीतर्फ फर्किएका थिए । उनी कोच राजुको टिममा छिन् ।

२३ वर्षीया निर्मला सिन्धुपाल्चोककी हुन् । उनी हाल नारानटारमा बसोबास गर्छिन् । सानैदेखि आमाबुवाको दुःख देखेर हुर्किएकी निर्मला सानैदेखि गायनमा रुचि राख्थिन् । सानैदेखि संगीत सिक्ने सोच बनाएकी निर्मलाले परिवारको अवस्थाकै कारण संगीत सिक्न सकिनन् । यद्यपि उनले संगीतको क्षेत्रमै पाईला चाल्ने अठोट गरिन् । लाईभ म्युजिकबाट करियर सुरु गरेकी निर्मलाले परिवारकै लागि गायन क्षेत्रमा राम्रो नाम कमाउने अठोट गरेकी छिन् । हेर्नुहोस् भिडियो सामग्री–


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*