ईलामकी शर्मिला आचार्य भोईसको ब्याटलमा

११ चैत्र २०७७, बुधबार ११:५४

मकवानपुर, ११ चैत । ईलामको कन्याम निवासी शर्मिला आचार्य द भोईस अफ नेपाल सिजन ३ को ब्लाईण्ड अडिसनबाट ब्याटल राउण्डका लागि छानिएकी छिन् । उनी ब्याटलका लागि छानिएकी एघारौँ प्रतियोगी हुन् । उनले ब्लाईण्ड अडिसनमा ‘तिमी मेरो प्यारी मायालु’ बोलको गीत गाएकी थिईन् । उनको आवाज सुनेर अन्तिममा कोच दिप उनीतर्फ फर्किएका थिए । उनी कोच दिपको टिममा छिन् ।

२४ वर्षीया शर्मिला ईलामको कन्यामकी हुन् । हाल उनी काठमाडौँ काँडाघारीमा बसोबास गर्छिन् । मास्टर्स थर्ड सेमेष्टरमा साईकोलोजी अध्ययन गरिरहेकी उनी नेपाल ल क्याम्पसमा एलएलबी सेकेण्ड ईयर पनि अध्ययनरत छिन् । मावलीदेखि परिवारसम्मै संगित क्षेत्रमा लागेकोले शर्मिलालाई पनि संगीत क्षेत्रमा सानैदेखि रुचि लागेको थियो । हेर्नुहोस् भिडियो सामग्री–


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*