ब्याटलका लागि छानिए हेटौँडाका सुमन नेपाली

११ चैत्र २०७७, बुधबार ११:४९

मकवानपुर, ११ चैत । मकवानपुरको हेटौँडा निवासी सुमन नेपाली द भोईस अफ नेपाल सिजन ३ को ब्लाईण्ड अडिसनबाट ब्याटल राउण्डका लागि छानिएका छन् । ब्याटलका लागि छानिएका उनी आठौँ प्रतियोगी हुन् । उनले ब्लाईण्ड अडिसनमा ‘लेखिएका शब्द’ बोलको गीत गाएका थिए । उनको आवाज सुनेर कोच तृष्णा अन्तिममा उनीतर्फ फर्किएका थिए । उनी कोच तृष्णाको टिममा छन् ।

२२ वर्षीय सुमन मकवानपुरको हेटौँडा निवासी हुन् । बहुमुखी प्रतिभाका धनी सुमन संगीतदेखि खेलकुदसम्म अग्रसर छन् । सानैदेखि गायन क्षेत्रमा रुचि राख्ने उनी वाद्यवादन बजाउन सिपालु हुनुकासाथै खेलकुद क्षेत्रमा कोचका रुपमा पनि अग्रसर छन् । करिब ५ वर्षदेखि उस्सुमा क्रियाशिल सुमन राष्ट्रिय तहको उस्सुका खेलाडी हुन् । उनी गायक राजु लामाका फ्यान पनि हुन् । हेर्नुहोस् भिडियो सामग्री–


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*